• TOKHA LIVE

    • ३० भाद्र २०७७, मंगलवार ०७:०७

    टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको संख्या ४६२ पुग्यो।


    नविना श्रेष्ठ
    टाेखा लाइभ भाद्र ३० ,काठमाडौं

    भाद्र २९ गते टोखा नगरपालिकामा पुरुष सख्या १८७ जना र महिला सख्या २७५ जना गरि कुल कोरोना सङ्क्रमितको संख्या
    ४६२ पुगेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन् ।
    टाेखा नगरपालिकामा२२३ जना निको भएका र २३६ जना सकृय संक्रमित रहेका छन्। भने मृत्यु हुनेको सख्या ३ पुगेको छ। होम आइसोलेसनमा १७४ जना रहेको र ६१जना अस्पतालमा रहेको उपप्रमुख डंगोलले बताए।
    कोरोना सङ्क्रमित १ जना भने सम्पर्क विहिन भएको छ।
    हिजो थप महिला -११, पुरुष-२२ संक्रमित पुष्टि भएको छ।
    होम आइसोलेसनमा २८ जना रहेको र अस्पतालमा ५ जना रहेका छन्।
    टोखा नगरपालिका वडा नं १०मा अध्यान स्कुलमा ८० जना र वडा नं-९मा कान्तिपुर स्कुलमा ८३ जना गरी जम्मा १६३ जनाको PCR परीक्षणका लागि स्वाब संकलन गरिएको छ।
    संक्रमितहरुको कन्ट्याक ट्रेसिन को आधारमा UNICEF ले नगरपालिकालाई स्वच्छता किट हस्तान्तरण गरेको टोखा नगरपालिका का उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिनुभएको हो।
    भाद्र २९ गते CICT Team ले ३३ जना थप Case Investigation गरेको छ।
    टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा ३ जना थप भर्ना भएको र ४ जना कोरोना लाई जितेर घर फर्केको छ।
    हाल सम्म २२ जना सङ्क्रमित टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको समेट टोखा न. पा का उपप्रमुख ज्ञान माया डंगोलले टोखा लाईफ लाई जानकारी दिएकी छिन् ।

    टोखा नगरपालिकामा कोरोना सङ्क्रमितहरुको वडागत विवरण यस प्रकार रहेको छ।
    वडा नं १मा पुरुष -२जना, महिला-४जना
    वडा नं २ मा पुरुष-४ जना, महिला-९
    वडा नं ३ मा पुरुष-१८, महिला-२७
    वडा नं ४मा पुरुष-१७, महिला-१७
    वडा नं ५ मा पुरुष-२४, महिला-३५
    वडा नं ६ मा पुरुष-२२, महिला-२६
    वडा नं ७ मा पुरुष-२३, महिला-४० जन वडा नं ८ मा पुरुष-२४, महिला-२२
    वडा नं ९ मा पुरुष-८, महिला-९
    वडा नं १० मा पुरुष-२३, महिला-२०
    वडा नं ११ मा पुरुष-१५, महिला-२०

    (नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )

    तपाइँको प्रतिक्रिया ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै