टाेखा लाइभ,भाद्र २९ काठमाडौं :
नेपालमा आदिवासीहरु जो परापुर्व काल देखी बस्दै आएका जनजातिहरु धेरै छन् । त्यस मध्ये काठमाडौं उपत्यकाका रैथाने नेवारहरुको बाहुल्य रहि आएको छ।उपत्यकामा नेवार /नेपालभाषाको रन्जना लिपि बाट राखिएका धेरै चर्चित नामहरु छन् । हाम्रो एतिहासिक र पौराणिक नाम केही ब्यक्ती र सस्थाले गर्दा ठाँउ ठाँउमा बिलय भइ अर्कै नामाकरण गरेको हामिले देख्दै र सुन्दै आएका छौं । तर बिदम्बना नै भन्नु पर्छ यस्ता स्थानीय एेतिहासिक नामहरु हराउँदै गइरहेका छन् यि ठाँउहरुको नाम हराउनेमा टाेखा पनि अछुतो रहन सकेन।

टाेखा नगरपालिकामा पनि पुराना ठाँउहरु हराउदै गइरहेका छन् । टाेखा नगरपालिकाको ऐतिहासिक र पौराणिक नामलाई जिबन्त राख्नु हाम्रो अस्तित्व बचाउनु संगै कर्तव्य र दायित्व पनि हो।त्यसैलाई मध्यनजर गरि आज टाेखामा टोखा नगरपालिका ३ वडाको समन्वयमा रन्जना लिपिमा नेवारी लिपिबद्व गरि टाेखाको विभिन्न ठाँउहरुको पुरानै नामको ५ वटा ठाँउमा बाेर्ड राखिएको हो। परापुर्व काल देखि जनजिब्रोमा झुन्डिदै आएको ठाउँहरुमा खुपाचा, खासिं द्व:,बिसि गाय ,स्थुलि, पल: खुसी आदि ठाँउमा आजबाट आधिकारिक नामाकरण गरि बाेर्ड राखिएको हो।


आज टाेखामा“स्थुली टाेल बिकास सस्था”को आयोजनामा’ हलिं नेवा: गूठी टाेखाको सहयोगमा सोहि टाेखाको पुरानै’ नामांकरण गरि टोखा नगरपालिका ३का वडाध्यक्ष सिंहराज श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ। टोखा नगरपालिका ३ का वडा अध्यक्ष सिंहराज श्रेष्ठले पहिला त्यस ठाँउलाई’ पुरानै नाउ थियोे बिचमा विभिन्न नयाँ नामहरु आएको हुनाले त्यसलाई रोक्न सिमित ब्यक्ति हरुले नाम परिवर्तन गरि यस ठाँउलाई विभिन्न ठाँउको नाम बनायो अब यो ठाँउलाई आफ्नै मौलिक नाम खुपाचा, खासिं द्व:,बिसि गाय ,स्थुलि, पल: खुसी: भन्दिनुहुन सबैलाई वडा अध्यक्षले अनुरोध गर्नुभयो।

आजको कार्यक्रम टोखा नगरपालिका ३का वडाध्यक्ष सिंहराज श्रेष्ठ, आयोजक “स्थुली टाेल बिकास सस्थाका उपाध्यक्ष नविन डंगोल सचिव दशराज श्रेष्ठको साथै हलिं नेवा: गूठी टाेखाका सदस्यहरु लगायतको उपस्थिति रहेको थियोे ।

