नविना श्रेष्ठ
टाेखा लाइभ ,भाद्र २८ काठमाडौं
टोखा नगरपालिकामा भाद्र २८ गते सम्म ४७ जना कोरोना सङ्क्रमित पुष्टि भएको छ। आज सम्म ४२९ जना पुगेको छ।
जसमा २१४ जना निको भएका र २१२ जना सकृय संक्रमित रहेका छन्।
टोखा चण्डेश्वरी आइसोलेसन केन्द्रमा संक्रमित बढेर २१ जना पुगेको छ।
होम आइसोलेसनमा १५२ जना रहेको छ। भने अस्पतालमा ५९ जना रहेको टोखा नगरपालिका का उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।
टोखा नगरपालिका वडा नं ६ मंगल देवी भवानमा १११ जना र वडा नं-८ को जालपा चौक पुस्तकलेमा १०० गरी जम्मा २११ जनाको संक्रमितका सम्पर्कमा आएका संक्रमित हरुको कन्ट्याक ट्रेसिन को आधारमा PCR परिक्षण का लागि स्वाब संकलन गरिएको छ।टोखा नगरपालिकाका विभिन्न वडाहरुमा हालसम्म PCR पोजेटिभ आएका संक्रमितहरु रहेको वडागत विवरण निम्न रहेका छन् ।
वडा १ – ६ जना
वडा २ -१३ जना
वडा ३ -४० जना
वडा ४ -३४ जना
वडा ५ -४९ जना
वडा ६-४७ जना
वडा ७-५५ जना
वडा ८-४२ जना
वडा ९-१७ जना
वडा १०-४१ जना
वडा ११-५१ जना

(नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् ।)

