शोभा तामाङ
२८ भदौ, काठमाडौं । टोखा ७ मा शनिबार ७८ जनाको कन्ट्याक ट्रेसिङ सम्पन्न भएको छ । बढ्दो कोरोना संक्रमणको कारण कोरोना संक्रमितहरुको परिक्षण पश्चात टोखा–७ मा कन्ट्याक ट्रेसिङ गरिएको थियो ।
उक्त कन्ट्याक ट्रेसिङमा ७८ जनालाइ पहिचान गरिएको छ । शनिबार तिलिङ्गटार मा.बि. मा उनिहरुको स्वाव संकलन गरिएको छ। उहाँहरुको रिपोर्ट भने आगामी सोमबार आउने स्वास्थ्य शाखा कर्मचारी सन्तोष कुँवरले बताउनुभयो।
यतिबेला टोखा–७ का वडा अध्यक्ष आफैं संक्रमित हुनुभएको छ । वडा अध्यक्ष नरोत्तम राना आफैं होम आइसोलेसनमा हुनुहुन्छ । रानाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । वडा अध्यक्ष रानाकाअनुसार आफू प्रत्यक्ष उपस्थित हुन नसकेपनी आफुले सञ्चार माध्यमबाट सम्पुर्ण जानकारीहरु लिइराखेको र आवश्यक निर्देशन तथा सहयोग गरिराखेको जानकारी दिनुभएको छ।

