टाेखा लाइभ ,भाद्र २८ काठमाडौं
टोखा नगरपालिका वडा नं ३ लाई लायन्स क्लब अफ काठमाडौं एपेक्सले सेनिटाइजर र मास्क सहयोग गरेको छ ।
शनिवार विहान लायन्स क्लब अफ काठमाडौं एपेक्सका अध्यक्ष रामकृष्ण डंगोल,लायन्स क्लब अफ काठमाडौं एपेक्सका संस्थापक अध्यक्ष कुमार अधिकारी, सदस्य हरिमान श्रेष्ठ र गणेश दाहाल सहितको समूहले टोखा-३ का वडा अध्यक्ष सिंहराज श्रेष्ठलाई १० लिटर सेनिटाइजर र १० प्याकेट सर्जिकल मास्क हस्तान्तरण गरिएको हो। लायन्स क्लब अफ काठमाडौं एपेक्सको सहयोग सामग्री प्राप्त पछि टोखा नगरपालिका ३ का वडाध्यक्ष सिंहराज श्रेष्ठले काेभिठ-१९ रोकथाम र यसबाट बचाउनको लागि जुन सेनिटाइजर र मास्क वितरण गर्नु भयो उहाँहरु अध्यक्ष र सयोजक र सदस्य लगायत लायन्स क्लब अफ काठमाडौं एपेक्स र पत्रकार लगायत सबैलाइ वडा र ब्यक्तिगत तर्फबाट धन्यवाद व्यक्त गर्दै लायन्स क्लब अफ काठमाडौं एपेक्सबाट प्राप्त भएको सहयोग सामग्रीलाई सम्बन्धित ठाँउको लागि सदुपयोग गर्ने बताउनु भयो।
टोखा नगरपालिकामा पछिल्लो समयमा कोरोना संक्रमितहरूको संख्यामा वृद्धि भैरेहको छ । बढ्दो कोरोना भाइरस संक्रमण र वडााबसीहरूको स्वास्थ्यलाई ध्यानमा राखि त्यसको न्यूनीकरणका लागि वडावासीहरूलाई वितरण गर्न सानो सहयोग स्वरूप वडालाई हस्तान्तरण गरिएको लायन्स क्लब अफ काठमाडौं एपेक्सका अध्यक्ष रामकृष्ण डंगोलले बताएका छन ।

