• TOKHA LIVE

    • २५ भाद्र २०७७, बिहीबार २०:२९

    साँस्कृतिक अभियन्ताहरुको यथाशीघ्र रिहाईको माग राख्दै टोखामा मसाल जुलुस प्रदर्शन।

    टोखा लाइभ भाद्र २५ काठमाडौं

    आज साझ ७ बजे टोखा नगरपालिकामा सम्पदा प्रेमिहरुले मसाल जुलुस प्रदर्शन गर्दै रथ तान्ने व्यक्तिहरू निर्दोष रहेको भन्दै तुरुन्तै रिहाईको माग गरेर मु:ध्वाखामा उभिएर विरोध जनाउदै राँको बाल्दै मसाल जुलुस प्रदर्शन गरिएको छ। ।


    रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयलाई लिएर गत हप्ता प्रशासनको अवरोध र स्थानीयको जसरी पनि रथयात्रा गर्नुपर्ने अडानका बीच रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा पक्राउमा परिएकाहरुको साँस्कृतिक अभियन्ताहरुको यथाशीघ्र रिहाईको माग गर्दै आज टोखा नगरपालिकामा सम्पदा प्रेमिहरुले मसाल जुलुस प्रदर्शन गरिएको हो।

    सम्पदा अभियानकर्ता अमर बहादुर डंगोलले मछिन्द्रनाथको रथ तान्ने क्रममा पक्राउ परिएका साँस्कृतिक अभियन्ताहरुको यथाशीघ्र रिहाईको माग तत्कालै रिहाईका लागि सरकारलाई प्रत्यक्ष दवाव दिन टोखाको मु : ध्वाखामा मसाल प्रदर्शन गरेको बताए ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै