टोखा लाइभ भाद्र २५ काठमाडौं
टोखा नगरपालिका वडा नं-३ मा कोरोना संक्रमित बढ्दै गएपछि स्थानीयको पहलमा पीसीआर परीक्षण सुरु गरेका छन् । कोरोना संक्रमितहरूको व्यवस्थापन गर्न विहिवार टोखा नगरपालिका वडा नं – ३ स्थित वडा कार्यालयको प्रॉगणमा १०५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

टोखा नगरपालिका वडा नं -३ क्षेत्रमा पनि हटस्पटमध्ये एक हुँदै गएकाले कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूको सूचि बनाएर परीक्षण गरिएको वडाध्यक्ष सिंहराज श्रेष्ठले बताए ।

अहिलेसम्म २ वटा क्याम्प सञ्चालन गरि टोखा नगरपालिका वडा नं -२ र ३ मा २ सय जना भन्दा वढीको परीक्षण गरिसकेको र पछि परिस्थितिको मूल्यंकन गरेर यसको दायरा बढाउने पनि उप मेयर ज्ञानमाया डंगोल ले बताउनु भयो।

टोखा नगरपालिका वडा नं-३ ले कोरोना भाइरसबाट जोगिन पीसीआर टेष्ट गर्ने, सामाजिक दूरी कायम गरेर बस्ने अनि व्यवस्था मिलाउने लगायतका शतर्कता अपनाउन लागेको हो ।
विहिवार टोखा नगरपालिका वडा नं-३ मा परीक्षण गरिएको थप फोटो हेरौ:-





