नविना श्रेष्ठ
टाेखा लाइभ भाद्र २५,काठमाडौं ।
कोरोना भाइरसको संक्रमण जाँचका लागि टोखा नगरपालिका वडा नं २ मा हिजो पहिलो पटक नर्सको सहयोग PCR परीक्षणका लागि ९५ जनाको स्वाब संकलन गरिएको छ।
PCR टेस्ट कार्यकम अन्तर्गत बुधबार टाेखा २ वडामा रहेका व्यापार, व्यवसायी अग्रपतिमा रहेर काम गर्ने स्वयम सेवक, कर्मचारी, जनप्रतिनिधि, पत्रकार लगायत ९५ जनाको कोरोना भाइरस कोभिड-१९ संक्रमण परीक्षण का लागि स्वाब संकलन गरिएको वडा अध्यक्ष दिपक राज जोशीले बताउनु भयो।

PCR परीक्षणमा केही गरी पोजेटिभ आइहालेमा पनि आतिनु नपर्ने ल्याब टेक्नेसियन निरीक्षकको रूपमा टोखा नगरपालिकामा कार्यरत रहनु भएका डा. राजेन्द्र खड्काले सबैलाई आग्रह समेत गर्नुभयो।

अहिले सम्म वडा-२मा कुनै पनि सङ्क्रमित नदेखिएको र १ जना देखिएका व्यक्ति को स्थायी बसोबास ३मा रहेको हाल अस्थायी रुपमा वडा नं- २ मा बसोबास गरिरहेको समेत वडा अध्यक्ष दिपक राज जोशीले टोखा लाईभ लाई जानकारी दिनुभयो।

उहाँले १०० जनाको अंतरालमा ९५ जनाको PCR परीक्षणका लागि संकलन गरिएको स्वाब को नतिजा सबैको रिपोर्ट नेगेटिभ नै आओस् भनि कामना समेत गर्नुभयो।





