• TOKHA LIVE

      TOKHA LIVE

    • १ भाद्र २०७७, सोमबार १३:०४

    टोखा नगरपालिका वडा नं ७ मा अत्यावस्यक बाहेक विभिन्न गतिविधिहरु गर्न निषेध:-

    जय न्यौपाने
    टाेखा लाइभ,भाद्र १ ,काठमाडौ

    कोभिड -१९ समुदायमा थप संक्रमण फैलिन नदिन टोखा नगर पालिका वडा ७ का वडाध्यक्ष नरोत्तम रानाको सक्रियतामा माइकिङ
    गरि जानकारी मुलक सचेतना साउन २८ गतेदेखि २१ दिनसम्म वडा भित्र अत्यावश्यक सेवा बाहेकका अन्य गतिविधि तथा कुनैपनि क्रियाकलाप गर्न निषेध गरेको छ।

    टोखा नगरपालिका वडा नं ७ का अध्यक्ष नरोत्तम रानाले जारि गरेको सूचनामा नेपाल सरकारको निर्देशन भाद्र १५ संम्म काठमाडौं उपत्यका भित्र कोभिड-१९ समुदायमा थप संक्रमण फैलिन नदिन विभिन्न गतीविधि निषेध गरिएको उल्लेख छ।

    वडा भित्र गर्न नपाइने गतिविधिहरु यस प्रकार रहेका छन् ।

    – खुल्ला स्थानमा मानिसहरू भेला जम्मा हुन,भिडभाड गर्न र सभाजुलुस गर्न।

    – भिडभाड हुने गतिविधि जस्तै जात्रा र महोत्सव गर्न।

    – उद्योग व्यापार/व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलापहरू गर्न।

    – चाडपर्व लगायतका धार्मिक सांस्कृतिक कार्यका लागि हुने जमघटहरू ।

    – शैक्षिक संस्थाहरू संचालन गर्न

    – सबै प्रकारका सभा, गोष्ठी, तालिम, सिनेमा हल, पार्टी प्यालेस,मनोरञ्जन,शैलून,ब्यूटी पार्लर,स्पा,स्वीमिङ्ग पुल,जिमखाना ,समूहमा खेलिने खेल,पुस्तकालय,संग्राहलय,चिडियाखाना संचालन गर्न।

    – फुटपाथ,खुल्ला ठाउँ र ठेलागाडा ,साइकलमा संचालन हुने विभिन्न व्यवसाय,कवाडी संकलन गर्न।

    – उद्योग व्यवसाय संचालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिक कामदारको ओसार पसार गर्न।

    – टेक वे बाहेक होटल/रेस्टुराँ संचालन गर्न नपाइने।

    वडाले उपलव्ध गराउने सेवाहरु :

    १.विपद व्यवस्थापन तथा कोरोना नियन्त्रण कार्य

    २.आपतकालीन सेवा

    साथै उहाँले कोरोना संक्रमण बढ्दै गएको अवस्थामा सचेतना र सजगता आवस्यक रहेको भन्दै वडा अध्यक्ष रानाले सानो लापर्वाहिले ठुलो विपत्ति निम्त्याउन सक्ने भन्दै सबै टाेखा नगरवासी/ वडावासी हरुमा सुरक्षा मापदण्डको पालना गर्न सबैसंग आव्हान गर्नुभयो ।
    (जय न्यौपाने सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन्

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै