• TOKHA LIVE

      TOKHA LIVE

    • १२ भाद्र २०८३, शुक्रबार ११:१०

    भोटेकोशी बाढीपीडितका लागि फ्रेन्डसिप ग्रुप अफ टोखाको सहयोग

      रु. ५० हजार प्रधानमन्त्री राहत कोषमा, रु. १ लाख २९ हजार                   ४७८ नगदसहित राहत सामग्री वडा अध्यक्षलाई हस्तान्तरण
    टोखा, काठमाडौं भदौ १२,२०८३। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि फ्रेन्डसिप ग्रुप अफ टोखाले राहत संकलन अभियान सञ्चालन गरेको छ।
    टोखा नगर परिक्रमा तथा धार्मिक यात्रा सम्पन्न गरेपछि ग्रुपले बाढीपीडितका लागि सहयोग जुटाउने अभियान थालेको हो। विपद्को कठिन घडीमा प्रभावित परिवारलाई केही भए पनि राहत पु¥याउने उद्देश्यले सञ्चालन गरिएको अभियानमा विभिन्न व्यक्ति, संघसंस्था तथा सहयोगी दाताहरूले स्वेच्छिक रूपमा सहयोग गरेका थिए।
    अभियानअन्तर्गत आज भदौ १२ गते संकलित राहत रकममध्ये फ्रेन्डसिप ग्रुप अफ टोखाको तर्फबाट रु. ५० हजार प्रधानमन्त्री राहत कोषमा क्यूआरमार्फत पठाइएको छ।
    त्यसैगरी, सहयोगी दाताहरूबाट संकलित रकम तथा नगद गरी जम्मा रु. १ लाख २९ हजार ४७८, साथै लत्ताकपडा तथा अन्य राहत सामग्री टोखा नगरपालिका–२ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरिएको छ।
    राहत सामग्री हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठले विपद्का बेला प्राप्त हुने हरेक सहयोग पीडित परिवारका लागि महत्वपूर्ण हुने बताउँदै सहयोग अभियानमा सहभागी सबैप्रति धन्यवाद व्यक्त गरे।
    उनले बाढीबाट प्रभावित परिवारको पीडामा स्थानीय समुदाय तथा संघसंस्थाले देखाएको ऐक्यबद्धता प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग र समन्वयका लागि आफूहरू प्रतिबद्ध रहेको बताए।
    फ्रेन्डसिप ग्रुप अफ टोखाले विपद्को समयमा सहयोग गर्नु मानवीय दायित्व भएको भन्दै अभियानमा साथ दिने सम्पूर्ण सहयोगी दाता, व्यक्ति तथा संघसंस्थाप्रति हार्दिक आभार व्यक्त गरेको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै