• TOKHA LIVE

      TOKHA LIVE

    • २४ श्रावण २०७७, शनिबार ०९:०३

    जन्मदिनको अवसरमा समाजसेवी मनिराज डंगोलद्वारा छात्रवृत्तिको निरन्तरता ।

    टाेखा लाइभ,श्रावण २४ काठमाडौं : बिगत ३ वर्ष देखि मृगौला दीर्घरोगि हाल नियमित डाइलासिस गराइरहनु भएकी टाेखा निवासी बिरलक्ष्मी श्रेष्ठ र बालकृष्ण श्रेष्ठको छोरी वर्ष ११ कि कृपा श्रेष्ठलाई टाेखाका समाजसेवी तथा गोसाइँकुण्ड खानेपानी कम्पनीका संस्थापक मनिराज डंगोलले छात्रवृत्ति प्रदान गरिएको छ। निकै लगनशील र जेहेन्दार छात्रा कृपा श्रेष्ठ हाल टाेखाकाे अमर बोर्डिङ स्कुल कक्षा ८ मा अध्यन गर्छिन। १२ कक्षा सम्म प्रदान गरिएको सो छात्रवृत्ति पछि अभिभावक बालकृष्ण श्रेष्ठले आफुलाई बिषम परिस्थितिमा सहयोग गरेको भन्दै छात्रवृत्ति प्रदान गर्ने समाजसेवी मनिराज डंगोल लगायत संस्थालाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्नु भएको छ।
    त्यसै गरि टाेखा नगरपालिकामा जिविकोपार्जन गर्दै आइरहनु भएकि आर्थिक रूपमा कमजोर लक्ष्मी श्रेष्ठकी छोरीलाइ पनि छात्रवृत्ति प्रदान गरिएको छ ।
    हाल टाेखाकै बिन्ध्यावासिनी स्कुल ६ कक्षाकी लगनशील छात्रा बिन्दिला श्रेष्ठ लाई बिगत ४ बर्ष अघिदेखि छात्रवृत्ति प्रदान गर्दै आइरहेको समाजसेवी मनिराज डंगोलले टाेखा लाइभ लाई बताउनु भयो। सो छात्रवृत्ति भने १२ कक्षा सम्म निरंतरता दिइने जानकारी दिइयो। ब्यापर संगसंगै विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय रहेको सो गोसाइँकुण्ड पानी कम्पनीमा हाल ८ जना सदस्यहरु रहेका छन,।हाल साेे संस्थामा संस्स्थापक मनिराज डंगोल लगायत ,सो संस्थामा श्याम श्रेष्ठ , पुकार महर्जन ,सलिम लवट , संजय महर्जन ,मोहन श्रेष्ठ ,राजन श्रेष्ठ रन्जन श्रेष्ठ रहेका छन् ।

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै