• TOKHA LIVE

    • May 20, 2020

    ३० लाखको लागतमा चण्डेश्वरी प्रवेश द्वार निर्माण हुने

    एेतिहासिक , धार्मिक, सॉस्कृतिक र पुरातात्विक दृष्टिकोणले धनी मानिएको चण्डेश्वरी मन्दिर नजिकै “चण्डेश्वरी प्रवेश द्वार “ बन्ने भएको छ। टोखा नगरपालिका वडा नं -२ बाट ९ लाख र बॉकी नपुग रकम टोखा नगरपालिका मैजुहिटीको तर्फबाट २१ लाख रुपैयाँको लागतमा बन्ने चण्डेश्वरी प्रवेश द्वार बुधवार सिलान्यास गरिएको छ। टोखा नगरपालिका वडा नं -२ का वडा अध्यक्ष दिपक राज जोशीले सिलान्यास गरेका हुन्।

    टोखाको एम. एस. निर्माण व्यवसायी संघले फरक शैली र मौलिकता झल्काई निर्माण गर्ने भएकाले समयभित्रै सम्पन्न हुनेमा हामीलाई शंका छैन,’ दिपक राज जोशीले भन्नुभयो।२०७२ सालको भुकम्पले क्षतिग्रस्त भएको सो चण्डेश्वरीको प्रवेशद्वार तत्काल पुनःनिमार्ण गर्नु पर्थ्यो तर आवश्यक बजेटको अभावको कारणले ढिला भएको थियो।तसर्थ पुन्यभुमि चण्डेश्वरी मन्दिरको रक्षाको लागि नै यस्तो निर्माण गर्नु परेको हो। दिपक राज जोशीले खुलस्त पार्नु भयो।

    प्रवेश द्वार बनिसकेपछि चण्डेश्वरीको मठमन्दिर र सम्पदाको संरक्षण एवं सरसफाई गर्न वडाले मात्र नगररेर स्थानीय चण्डेश्वरी संरक्षण उपभोक्ताओं पनि महत्वपुर्ण भुमिका निभाउनु पर्ने बताउनु भएकाे छ । सो प्रवेशद्वार सिलान्यासको कार्यक्रममा प्रमुख अतिथिमा टोखा नगरपालिका वडा नं-२ का अध्यक्ष दिपक राज जोशी र वडा सदस्यमा हेराकाजी डंगोल लगायत अन्य स्थानीयहरूको उपस्थिति रहेकाे थियाे ।

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै