• TOKHA LIVE

    • ४ श्रावण २०७७, आईतवार २१:२१

    नेपा युवा क्लबमा नयाँ कार्यसमिति गठन :


    टाेखा लाइभ,श्रावण ४ काठमाडौं : टाेखामा विभिन्न सामाजिक गतिविधिहरुमा निरन्तर सहभागिता जनाइ एकजुट भै समाजसेवी भुमिका निर्वाह गर्दै नेपा युवा क्लब लागिरहेको छ। स्थापनाको ४ वर्ष कार्यकालमा प्रवेश गरिसकेको क्लबले हिजो टाेखामा सम्पन्न भएको ‘नेपा युवा क्लब’को एक कार्यक्रममा सरोज महर्जनको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको क्लबले बताएको छ।

    उक्त नयाँ कार्यसमितिका पदाधिकारीहरुमा उपाध्यक्षमा :सनम डंगोल,सचिव :सुदर्शन श्रेष्ठ ,सह-सचिव :राजिब डंगोल,कोषाध्यक्ष :सुमन डंगोल,सदस्य :शान डंगोल,सदस्य :बिजय डंगोल,सदस्य :रमन डंगोल,सदस्य :प्रमोद डंगोल,सदस्य :रोमन महर्जन ,सदस्य :किरण श्रेष्ठ र
    सल्लाहकार :सन्दीप डंगोल ,बिजेश श्रेष्ठ ,बिजय खड्गी चयन गरिएको छ।

    नेपा युवा क्लबले रक्तदान कार्यक्रम , स्वयंसेवक , सांस्कृतिक कार्यक्रम ,विभिन्न खेलकुद कार्यक्रम गरि युवाहरुलाइ कुलतमा नलागि युवाहरूलाई सहि दिसामा लगि समाजसेवाप्रतीको कर्तव्यबोध गराउन क्लब लागिरहेको छ।चाकुको प्रमुख ठाउँ टाेखा भएको हुनाले नेपा युवा क्लबले माघ १ लाइ चाकु दिवसको रूपमा स्थापना गर्नुपर्ने माग राख्दै प्रत्येक वर्ष माघे संक्रान्तिका अवसरमा चाकु दिवस घाेषणा गरि सांगितिक कार्यक्रम पनि गर्दै आइरहेको क्लबका काेषाध्यक्ष सुमन डंगोलले बताएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै