• TOKHA LIVE

    • १४ फाल्गुन २०७९, आईतवार १५:४३

    २५ औ विश्व फुटभली प्रतियाेगितामा भारतलाई पराजित गर्दै नेपाल क्वाटरफाइनलमा

    टाेखालाइभ डट कम/ फाल्गुन १४ ,२०७९

    केरला/भारतकाे केरलामा जारी २५ औ विश्व फुटभली प्रतियाेगितामा भारतलाई पराजित गर्दै नेपाल क्वाटरफाइनलमा प्रवेश गरेकाे छ । वेष्ट अफ थ्रि काे सेटमा भएको खेलमा पहिलाे सेट नेपालले भारतलाई १५-९ ले दाेस्राे सेटमा भारतले १४-१६ ले सेट गुमाए पनि तेस्राे सेटमा नेपालले १६-१० ले भारतले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेकाे हाे ।९ राष्ट्र सहभागी यस प्रतियाेगिता मा नेपालले सेमिफाइनल प्रवेशका लागि फ्रान्सकाे सामना गर्नेछ ।

    खेलाडीकाे साथमा फुटभलि सघ इण्डियाकाे निमन्त्रणामा नेपालकाे तर्फबाट टाेखा नगरप्रमुख प्रकाश अधिकारी विश्व च्याम्पियनसिप प्रतियाेगितामा अतिथिका रुपमा सहभागी रहेका छन । उनलाई केराला कर्पाेेरेससनका प्रमुख मेयर डा.विना फिलिपले स्वागत गरेकि थिइन । प्रशिक्षक राजुुविक्रम थापाकाे प्रशिक्षणमा रहेकाे नेपाली टाेलीकाे हेड अफ डेलिगशनका रुपमा नेतृत्व गर्दैन फुटभली सघका पुर्व अध्यक्ष मनिष जाेशी सहितकाे ७ सदस्यीय टाेली केरलामा रहनु भएको सघका निवर्तमान महासचिव बद्री भट्टराईले बताएका छन।नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने टाेलीमा टाेखा नगरपालिकाबाट कुमार लवत र रोशन तामाङ सम्मिलित रहेको केरलाबाट फुटभली सघका पुर्व अध्यक्ष तथा एन्फाका केन्द्रिय सदस्य मनिष जोशीले टाेखा लाइभलाईभ डट कमलाई बताएका छन् ।फाेटाे सौजन्य /मनिष जोशी

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै