• TOKHA LIVE

    • ९ पुष २०७९, शनिबार २१:५२

    साँखुमा १ महिने माघ मेला व्यवस्थापन विषयक पत्रकार सम्मेलन पौष १५ मा हुने

    टाेखालाइभ डट कम/ पुस ९ ,२०७९

    साँखु । २०७९ साल पौष २२ गतेदेखि माघ २२ गतेसम्म १ महिना लामो माघ मेला श्री स्वस्थानी ब्रतको लागि साँखुमा तयारी करीब करीब सकिएको आयोजकले बताएको छ ।

    यही मेला व्यवस्थापनकै विषयमा आम सञ्चारकर्मीहरुलाई   जानकारी दिने उद्देश्यले विगत वर्षहरुमा जस्तै यो वर्ष पनि

    यही पौष १५ गते पत्रकार सम्मेलनको तयारी गरिएको छ ।पत्रकार सम्मेलन सक्व रिसोर्ट प्रा.लि. मुस्यापुत साँखुमा गरिने भएको छ । कार्यक्रम संयोजक एलपी श्रेष्ठका अनुसार पत्रकार सम्मेलन ११ः३० बजे हुनेछ । सो कार्यक्रम सुरु हुन अगाडि पत्रकारहरुलाई शालिनदी क्षेत्रको भ्रमण गराउँदै तयारी बारे जानकारी गराईनेछ भने त्यसपछि सक्व रिसोर्टमा पुगेर औपचारिक पत्रकार सम्मेलन गरिने बताएको छ ।

    पत्रकार सम्मेलन बारे जानकारीको लागि अध्यक्ष बालकृष्ण श्रेष्ठ ९८४१७६४१८४, महासचिव योगेशमान डंगोल, ९८४१६६०५५३ र एल्पी श्रेष्ठ ९८५१२२२२५९ मा सम्पर्क राख्न सकिनेछ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै