• TOKHA LIVE

    • ४ माघ २०७९, बुधबार २१:००

    स्वस्थानी र माधवनारायणका व्रतालुहरु परदेश यात्राअन्तर्गतका दिनहरू

    टोखा लाइभ।माघ ४, २०७९

    काठमाडौं उपत्यकाको उत्तरपूर्वी भेगस्थित साँखुको शालिनदीमा माघस्नान सहित माधवनारायणको मेला लागेको छ । माघ महीनामा शाली नदीमा आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ, यो विश्वासमा प्रत्येक वर्ष यहाँ भक्तजनहरु पुग्ने गर्दछन् ।यो माधव नारायण मेला/पदयात्रा (सांखू देखी दक्षिणकाली शेष नारायण) खाली खुट्टा सांखूबाट मूर्ती बोकेर माधवनारायणका व्रतालुहरु परदेश यात्राअन्तर्गत गर्छन ।

    क शालिनदीबाट – बज्रयोगिनी ढोकासम्म दुंदनेगु (अष्टाङ्ग दण्डवत गर्दै जाने (२०७९ माघ ५ गते बिहीवार)
    क साँखुबाट बज्रयोगिनी र पशुपति – माघकृष्ण चतुर्दशी (माघ ६ गते शुक्रवार) साँझ पशुपतिमा लैजाने पशुपतिमा बास
    क पशुपतिबाट फर्पिङ्ग बास – (माघ ७ गते शनिवार) यस दिन पशुपतिबाट फर्पिङ लैजाने र फर्पिङ बास हुने (साँखुमा देवता नहुने)
    क फर्पिङ्गबाट साँखु बास – (माघ ८ गते आईतवार) राति मात्रै साँखु पुगिने (साँखुमा देवता नहुने)
    क साँखुबाट पनौति बास – (माघ १० गते मंगलवार)
    क पनौतिबाट साँखु बास – (माघ ११ गते बुधवार) राति मात्रै साँखु पुगिने (साँखुमा देवता नहुने)
    क श्रीपञ्चमी पर्व – (माघ १२ गते बिहीवार)
    क लगला सप्तमी पर्व – (माघ १४ गते शनिवार)
    क द्रोण नवमी – व्रतालुहरुलाई तस्मी खुवाउने दिन ः माघ १६ गते सोमवार)
    क साँखुबाट चाँगुनारायण स्थान – (माघ १८ गते बुधवार)
    क चाँगु बाट साँखु – (माघ १९ गते बिहीवार) साँझ पख मात्रै साँखु पुगिने (साँखुमा देवता नहुने)
    क देव निमन्त्रणा – (माघ २१ गते शनिवार)
    क अश्वमेघ यज्ञ (व्रत साङ्गे) – (माघ २२ गते आईतवार)

    Facebook Comments

    छुटाउनुभयो कि? सबै