• TOKHA LIVE

    • ८ मंसिर २०७९, बिहीबार २२:३१

    थापाको जित प्युठानी जनताको मात्र नभई सिङ्गो मुलुक र नेपाली जनताको

    शोभाखर पन्थि

    हार्दिक बधाई सूर्य सर !!!
    प्युठान लाई राष्ट्रिय जनमोर्चाले आफ्नो आधार क्षेत्र ठान्थ्यो। जनमोर्चा भन्दा पनि मताधिकार बढी भएका ठुला २ दल नेपाली कांग्रेस र माओवादी केन्द्र उसको साथमा थिए । समकालीन कम्युनिस्ट नेताका गुरु मोहन बिक्रमले आफ्नी श्रीमती दुर्गा पौडेललाई उम्मेदवार बनाएका थिए । सत्ता गठबन्धन बाट देशभरमा दुईवटा प्रतिनिधि सभा सदस्यको उम्मेदवार पाएको राष्ट्रिय जनमोर्चाले कुनै पनि हालतमा पार्टीको उद्गमस्थल प्युठानमा चुनाव जित्नु पर्छ भनेर देशभरको शक्ति केन्द्रीकृत गरेको थियो । देशका अरु जिल्लामा मात्र होइन प्रवासमा समेत प्युठानको चुनाव जित्नको निम्ति धेरै बैठकहरु बसे र थुप्रै योजना पनि बनाईयो ।
    गत स्थानीय निकायको चुनावलाई आधार मान्दा गठबन्धन भन्दा नेकपा एमालेको मत धेरै कमजोर थियो । त्यसैलाई आधार मानेर जनमोर्चाका उम्मेदवार दुर्गा पौडेलले चुनाव जित्ने धेरैले पर्क्षेपण गरे ।
    कतै नचुक्ने र कसै सँग नझुक्ने स्वाभावका थापाले पत्रकारीता सँगै केन्द्रमा बसेर पार्टी राजनिती गर्थें । पार्टीले उनलाई जे जिम्मेवारी दिन्थ्यो उनले कुसलता पुर्वक पुरा गर्थें । उनले जहाँ हात हाल्थे त्यही सफल हुन्थे । साच्चै भन्ने हो भने माटोमा सुन फलाउने सामर्थ्य उनमा थियो । नेकपा एमालेको सरकार ढाल्दा र पार्टी बिभाजन हुँदाको अबस्थामा धेरै नेताहरूले दुई तिर खुट्टा राख्दा उनी पार्टीको पक्षमा दृढता पुर्वक लडें । पार्टी भित्र र बाहिरको खराब प्रवृत्तिलाई बैचारिक हिसाबले परास्त पार्ने उनलाई प्रलोभन देखाउने कसैको सामर्थ्य थिएन तर धेरैले ज्यानको धम्की दिए । थापालाई कुनै कुराले छोएन उनी निरन्तर पार्टीको निम्ति लडिरहे । उनमा भएको असाधारण क्षमता,स्वाभिमान ,साहस र ईमान्दारीता धेरै नेताको निम्ति चुनौतीको विषय थियो । उनले गणेश प्रवृत्तिलाई कहिल्यै स्वीकारेनन् । प्युठान जिल्लाको एउटा सामान्य किसान परिवारमा जन्मिएका थापाको सम्पत्ति केवल उच्च आदर्श ,स्वाभिमान ,साहस , ईमान्दारीता र कार्य कुसलता मात्र थियो । धमिलिएको नेपाली राजनितीलाई संङ्लो बनाउने र जनताको जीवनस्तर माथि उठाउने उनको संकल्प थियो । तर केही नेतालाई लाग्थ्यो थापा लगायतका नेताहरू भूगोलमा गएर सफल हुन कठिन छ । नभन्दै महाधिवेशन पछि थापाले अरुले भन्ने गरेको कठिन बाटो रोजे । पार्टीले उनलाई प्युठानको जिम्मेवारी दिएर पठायो । धेरैलाई लागेको थियो अब थापाका सफलताका दिन सकिए । कतिपयले त भने -“अब उनी राष्ट्रिय राजनितीमा ओजेल पर्नेछन् “। उनी जिम्मेवारी लिएर जाँदा वास्तवमा प्युठान अस्तव्यस्त नै थियो । गृह जिल्लामा गहन जिम्मेवारी लिएर गएका उनलेे जिल्लाको शुष्म रुपले अध्ययन गरी सकेका थिए । नभन्दै केही महिनामै प्युठानको पार्टीलाई गति प्रदान गरे । तत्कालै भएको स्थानीय निर्वाचनमा पार्टीलाई आंशिक सफलता दिलाउन सफल थापालाई यस पटकको निर्वाचनमा पार्टीले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनायो । उनको ओजस्वी क्षमताको बीच गठबन्धनको केही चलेन । अन्ततः सहज र सजिलो भनिएका ठाउँमा चुनाव लडेका ठुला-ठुला नेताले पराजय भोग्नु पर्दा थापाले प्युठानमा जित हातपारे । त्यो पनि भारी मत अन्तरमा । आज थापाको जित प्युठानी जनताको मात्र नभई सिङ्गो मुलुक र नेपाली जनताको जित भएको छ । संसद जनताका बिचार प्रतिनिधि मार्फत अभिव्यक्त गर्ने ठाउँ हो । त्यहाँ उनले व्यक्त गर्ने बिचारले सिङ्गो मुलुक र आम शोषित पिडीत जनताको आवाजलाई मुखरित गर्नेछ । भारतीयले तुईन काटिदिएर महाकाली नदिमा नेपाली होमिएको अबस्थामा मौनता छाउने प्रवृत्तिको अन्त्य हुनेछ । सिमाअतिक्रम हुँदा दृष्टि बिहीन बन्नेहरुको नाटक सकिने छ । कात्रो किन्दा पनि कमिसनखाने प्रवृत्तिको भण्डाफोर हुनेछ । स्वाभिमानी र राष्ट्रभक्त नेपालीको छबि कायम गर्दै सामाजिक न्याय सहितको बिकास र समृद्धिको अनुभुती हुनेछ तपाईलाई बुझेका हरुको यही समिक्षा छ ।
    विजयको निम्ति हृदयको अन्तरमन देखि धेरै धेरै शुभकामना सुर्य सर ।

    टाेखालाइभ डट कममा २०७९,मंसिर ७ गते प्रकाशित लेखक शोभाखर पन्थिको हुन् ।

    Facebook Comments

    सम्बन्धित खवर

    दोलखा भीमसेनको गाथाः

    मतको मूल्य र राष्ट्रको भविष्य

    अचम्मको ज्ञान ! 🌸

    जग्गा वर्गीकरण र गथामुग: चह्रे

    छुटाउनुभयो कि? सबै