• Sanu Raj Dangol

    • २५ आश्विन २०७९, मंगलवार ०९:५२

    नेविप्राको काठमाडौं उपत्यका अन्तर्गत टाेखामा विद्युत सवस्टेशन निर्माण सम्बन्धि सूचना

    टाेखालाइभ डट कम/ असोज २५,२०७९

    नेपाल विद्युत प्राधिकरणको काठमाडौं उपत्यका प्रसारण प्रणाली विस्तार आयोजना अन्तर्गत टाेखा सरस्वती वडा ५ मा विभिन्न भोल्टेज स्तरको सवस्टेशन निर्माण हुने सम्बन्धमा सर्वसाधारणको जानकारीको लागि सूचना प्रकाशित भएको छ।

    काठमाडौं उपत्यका र यसका आसपासका क्षेत्रहरु काठमाडौं , ललितपुर ,भक्तपुर तथा काभ्रे जिल्लामा थप भरपर्दाे गुणस्तरीय र नियमितरूपमा उच्च भोल्टेजको विद्युत आपूर्ति गर्दै आकस्मिक रूपमा हुने विद्युत बिच्छेद तथा विद्युत अवरोध
    समेतलाई न्यूनीकरण गर्न आगामी ३० वर्ष( सन् २०५०)सम्ममा काठमाडौं उपत्यका भित्र हुने विद्युत मागलाई सम्बोधन गर्ने तथा निकट भविष्यमा हुने काठमाडौं उपत्यकामा प्रसारण लाइन तथा सवस्टेशनहरुको अभावका कारण हुन सक्ने बाध्यकारी लाेडसेडिङ्ग अन्त्य गर्न नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा काठमाडौं जिल्लाको टाेखा सरस्वती वडा ५ (हाल टाेखा वडा ३)मा विभिन्न भोल्टेज स्तरको सवस्टेशन निर्माण हुन गइरहेको सूचनामा उल्लेख छ।

    नेपाल विद्युत प्राधिकरणबाट प्रस्ताव गरिएका सवस्टेशनहरु
    ११ केभी,१३२ केभी र २२० केभी क्षमताको हुनेछ।उक्ति
    सवस्टेशन निर्माणको लागि करिब १५ रोपनी जग्गा स्थायी रूपमा अधिग्रहण गरि लिनु पर्ने पनि उक्त सूचनामा उल्लेख गरिएको छ।सवस्टेशन निर्माण गर्नको लागि आवस्यक पर्ने सो जग्गा , जग्गा प्राप्ति ऐन २०३४ को दफा ५ अनुसार मुआब्जा
    दिने गरि स्थायी रूपमा अधिग्रहण र प्रारम्भिक कारर्वाही चलाउनको लागि नेपाल सरकार ( मन्त्री परिषद ) बाट मिति २०७९/३/१४ मा निर्णय भएको हुँदा सोही ऐनको दफा ६ बमोजिम सरोकारवाला व्यक्तिहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको नेपाल विद्युत प्राधिकरणका प्रारम्भिक अधिकृत वसन्त कुमार ढुंगानाद्वारा हस्ताक्षरित सूचनामा जनाएको छ।

    सूचना ;

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै