• TOKHA LIVE

      TOKHA LIVE

    • १३ आश्विन २०७९, बिहीबार ११:४१

    न्हुदँ समारोह समिति ११४३ साँखुको अध्यक्षमा योगेशमान डंगोल निर्वाचित

    टाेखालाइभ डट कम/१३ असोज २०७९

    न्हुदँ समारोह समिति सक्व ११४३, को अध्यक्षमा चलाखुटोल सुधार समितिका अध्यक्ष एवं न्हुदँ समारोह समितिका सचिव योगेशमान डंगोल चयन हुनुभएको छ ।

    न्हुदँ समारोह समिति सक्वको परम्परा अनुसार आगामी वर्षको लागि गत वर्षको सचिव पदको जिम्मेवारी बहन गरेका व्यक्तिलाई नै न्हुदँ समारोह समितिको अध्यक्षमा चयन गरिएको हो ।

    नवनिर्वाचित डंगोल यस अघि यसै समितिको सचिव हुनुहुन्थ्यो भने हाल चलाखु टोल सुधार समितिको अध्यक्ष, श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका महासचिव हुनुहुन्छ ।

    साँखुको धुँलाटोलस्थित हाकुज रेष्टुरेण्टमा भएको भेलामा सो घोषणा गरिएको हो । सो अवसरमा गत वर्षको आम्दानी खर्चको विवरण र सचिव एवं अध्यक्षको प्रतिवेदन समेत पारित गरिएको थियो ।

    कार्यक्रमा शंखरापुर नगरपालिकाका उपमेयर समिता श्रेष्ठले नगरपालिकाले नेवार समुदायको कला संस्कृति सम्वद्र्धनको लागि सो शीषर्कमा बजेट छुट्याईएको बताउँदै साँखु बजार व्यवस्थित गर्न के कस्तो योजना ल्याउनु पर्छ भन्ने नगरपालिकालाई सुझाव दिन समेत अनुरोध गर्नुभयो ।

    कार्यक्रममा नव निर्वाचित अध्यक्ष योगेशमान डंगोलले आफ्नो कार्यकाल सफल पार्नको लागि सहयोगको अपिल गर्नुका साथै आगामी वर्ष पालुवारीबाट अध्यक्ष चयन हुने भएकोले यस वर्ष पालुबारीबाट सचिवमा प्रतिनिधित्व गर्न गराउन सो ठाउँका स्थानीयलाई आग्रह गर्नुभयो ।

    निवर्तमान अध्यक्ष माधव श्रेष्ठले आफ्नो कार्यकालमा गरिएका कामहरुको निरन्तरता र आगामी वर्ष लिपी कक्षाको सुरुवात गर्न आग्रह गर्नुभएको थियो ।

    अबको केही दिनमै विभिन्न टोलहरुबाट प्रतिनिधित्व गराई न्हुदँ समारोह समितिलाई पूर्णता दिईनेछ ।- लावन्य सन्देशबाट

     

     

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै