टाेखालाइभ डट कम/असोज १२,२०७९
बालप्रेमी खेलकुद मण्डलद्वारा आयोजित डाेरी तान(Tag of war ) प्रतियोगिताकाे टाेखा उद्यमशिल बहुउद्देश्यीय सहकारी संस्था र तुख्य:बचत तथा ऋण सहकारी संस्था च्याम्पियन भएको छ।
“सम्पुर्ण युवाहरू एउटै जोश,जागर र उत्साह बोकि खेलकुदलाई उच्च उठाऔं।” भन्ने नारा बोकि खेलकुदको साथसाथै विभिन्न सामाजिक कार्यक्रममा सक्रिय भएर २०३७ सालमा स्थापना भएको बाल प्रेमी खेलकुद मण्डलले फुटबल, भलिबल , कराते लगायत विधामा आज थुप्रै खेलाडी उत्पादन गरिसकेको छ।
यसै सिलसिलामा आज बालप्रेमी खेलकुद मण्डलद्वारा बिजया दशमी तथा शुभ दिपावली २०७९ को पावन अवसरमा टाेखा भुटखेल मैदानमा आयोजना गरेको सहकारी स्तरीय डाेरी तान (Tag of war ) प्रतियोगिताको महिला टिमको तर्फबाट टाेखा उद्यमशिल बहुउद्देश्यीय सहकारी संस्थाले उपाधी कब्जा गरेको थियो ।उस्ले फाइनलमा निकतम प्रतिस्पर्धी आदर्श महिला बचत तथा ऋण सहकारी संस्थालाई हराउदै च्याम्पियन बनेको हो। टाेखा उद्यमशिल बहुउद्देश्यीय सहकारी संस्थाले दोस्रो चरणमा निकटम प्रतिद्वन्दी टाेखा अभियान बचत तथा ऋण सहकारी संस्थालाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो । भने आदर्श महिला बचत तथा ऋण सहकारी संस्थाले कडा प्रतिस्पर्धी टाेखा जनहित बचत तथा ऋण सहकारी संस्थालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो त्यस्तै सपना तिर्थ बहुउद्देश्यीय सहकारी संस्थालाई हराउदै फाइनलका लागि टाेखा उद्यमशिल बहुउद्देश्यीय सहकारी संस्थाको भेट पक्का गरेको हो।
टाेखा उद्यमशिल र आदर्श महिला बिच भएको निक्कै कडा प्रतिस्पर्धात्मक चलेको खेलमा आदर्श महिलालाई पछि पार्दै टाेखा उद्यमशिलले उपाधी कब्जा गरेको हो।

त्यस्तै सहकारी स्तरीय डाेरी तान (Tag of war ) प्रतियोगिताको पुरुष टिमको तर्फबाट तुख्य: बचत तथा ऋण सहकारी संस्थाले उपाधी जितेको छ। ।उस्ले फाइनलमा बलियो टाेली टाेखा युवा बहुउद्देश्यीय सहकारी संस्थालाई पाखा लगाउदै च्याम्पियन बन्यो।
तुख्य: बचत तथा ऋण सहकारी संस्थाले सेमिफाइनलमा निकटम प्रतिद्वन्दी सपना तिर्थ बहुउद्देश्यीय सहकारी संस्थालाई हराउदै फाइनल यात्रा तय गरेको थियो । भने टाेखा युवा बहुउद्देश्यीय सहकारी संस्थाले सेमिफाइनलमा कडा प्रतिस्पर्धी टाेखा जनहित बचत तथा ऋण सहकारी संस्थालाई पराजित गर्दै फाइनलमा बलियो टाेली तुख्य: बचत तथा ऋण सहकारी संस्थासंग आमनेसामने भेट गरेको थियो ।
अन्त्यमा दुबै दाबेडार िटम तुख्य: बचत तथा ऋण सहकारी संस्था र टाेखा युवा बहुउद्देश्यीय सहकारी संस्था बिच भएको रोमाञ्चक निक्कै कडा प्रतिस्पर्धात्मक खेलमा टाेखा युवालाई पराजित गर्द तुख्य: बचत तथा ऋण सहकारी संस्थाले आफ्नो पक्षमा नतिजा निकाल्दै उपाधी जित्यो।

कार्यक्रमको उद्घाटन विशिस्ट अतिथि नेपाल टग अफ वार एसोसिएसनका वरिष्ठ उपाध्यक्ष सुर्य बहादुर भट्टराई र टाेखा नगरपालिका ३ का वडाअध्यक्ष रमेश डंगोलले सयुक्तरूपमा खेलाडीहरुलाई डाेरी हस्तान्तरण गरि कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो ।
Best of three विधि नियमानुसार खेलाएको बालप्रेमी खेलकुद मण्डलको सहकारी स्तरीय डाेरी तान (Tag of war ) प्रतियोगितामा टाेखा वडा २ र ३ का गरि महिला सहभागी ८ सहकारी र पुरुष सहभागी ७ सहकारीले सहभागिता जनाएको प्रतियोगितामा जमा १२ सहकारीले भाग लिएको बालप्रेमी खेलकुद मण्डलका सचिव बिशाल डंगोलले बताए ।

कार्यक्रमका प्रमुख अतिथि टाेखा नगर प्रमुख प्रकाश अधिकारीले प्रतियोगितामा महिला बिजेता टाेली टाेखा उद्यमशिल बहुउद्देश्यीय सहकारी संस्थालाई च्याम्पियनसिपको त्रफी सहित मेडल , प्रमाणपत्र प्रदान गर्नुभयो । भने
आदर्श महिला बचत तथा ऋण सहकारी संस्थालाई पनि उपबिजेताको त्रफी सहित मेडल , प्रमाणपत्र प्रदान गर्नुभयो।

त्यस्तै प्रमुख अतिथि टाेखा नगर प्रमुख प्रकाश अधिकारीले
प्रतियोगितामा पुरुष बिजेता टाेली तुख्य: बचत तथा ऋण सहकारी संस्थालाई प्रतियोगिता च्याम्पियनसिपको त्रफी सहित मेडल , प्रमाणपत्र प्रदान गर्नुभयो भने टाेखा युवा बहुउद्देश्यीय सहकारी संस्थालाई पनि उपबिजेताको त्रफी सहित मेडल , प्रमाणपत्र प्रदान गर्नुभयो।
कार्यक्रमलाई विभिन्न तह तप्काबाट सफल बनाउनुहुने महानुभावहरुलाई नगर प्रमुख अतिथि अधिकारीले मायाको चिनो प्रदान गर्नुभयो भने आयोजकको तर्फबाट पनि प्रमुख अतिथि प्रकाश अधिकारी लगायत विशिस्ट अतिथिहरुलाई पनि मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा पुर्व संस्थापक अध्यक्ष गजराज श्रेष्ठले स्वागत मन्तव्य राख्नुभयो भने विशिस्ट अतिथि नेपाल टग अफ वार एसोसिएसनका वरिष्ठ उपाध्यक्ष सुर्य बहादुर भट्टराईले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
त्यस्तै टाेखा नगर प्रमुख प्रकाश अधिकारीले टाेखा नगरवासीहरुमा आउदै गरेको बिजया दशमी,शुभ दिपावली २०७९,न्हुदंया भिन्तुना , छठ पर्वको शुभकामना दिनुभयो ।
नगर प्रमुख प्रकाश अधिकारीले भन्नुहुन्छ। – ” टाेखाको भुटखेल चौर बनाऔं , साच्चै यो चौर बनाउन सकियो भने टाेखाको गौरव बढ्नेछ , टाेखाको प्रतिस्था बढ्नेछ,टाेखाको सम्मान बढ्नेछ,त्यस्कारण हाम्रा खेलाडी प्रेमी दाजुभाइ दिदीबहिनीहरु अत्यन्त मनन गरेर सोच्नुस् गम्भीरतापुर्वक छलफल गरौं र यसलाई हामि विकशित ढंगले यसलाई अगाडि बढाऔं । सबै तपाईंहरूको एकमत आयो भने यो भुटखेल चौर खेल मैदानको रूपमा विकास गर्नको लागि नगरपालिकाले कुनै कसर बाकी राख्ने छैन भनी यो कार्यक्रमबाट उद्घोष गर्न चाहन्छु ।”- भन्नुभयो ।
कार्यक्रम बालप्रेमी खेलकुद मण्डलका सचिव बिशाल डंगोलले संचालन गर्नुभएको कार्यक्रममा राम डंगोलको अध्यक्षता रहेकाे समापन समाराेहमा जनप्रतिनिधिहरु प्रमुख अतिथी टाेखा नगर प्रमुख प्रकाश अधिकारी ,विशिस्ट अतिथीहरु टाेखा वडा २ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ , टाेखा वडा २ का वडा अध्यक्ष रमेश डंगोल ,नेपाल टग अफ वार एसोसिएसनका वरिष्ठ उपाध्यक्ष सुर्य बहादुर भट्टराई,मण्डलका पुर्व संस्थापक अध्यक्ष गजराज श्रेष्ठ , खेल क्षेत्रका प्रतिनिधिहरु लगायतकाे उपस्थिती रहेकाे थियाे ।






