• TOKHA LIVE

    • १० आश्विन २०७९, सोमबार ०७:२०

    देश बिकासको लागि सहकारीको आवश्यकता

     

    -काशिराम घिमिरे

    सहकारीको अर्थ एकअर्कोमा सहकार्य गरि काम गर्नु हो ।एकअर्कोमा सँगसगै काम गर्नुलाइ सहकार्य भनिन्छ। सानो -सानो पूँजिलिएर आर्थिक काम गर्ने लक्ष्य र उदेश्य लिइ स्थापित सस्था नै सहकारी हो ।जसमा आर्थिक नाफा भन्दा पनी सहयोग सहकार्य एकता आत्मियता लगनशीलता मितब्यहिता यसले बढाएको हुन्छ। समाजलाई आर्थिक उन्नति तर्फ बढाउन सहकारीको विशेष भुमिका रहेको हुन्छ।सानो सानो रकमलाई ठूलो पार्ने र बचतमा प्रोत्साहन गर्ने काम यसले गरेको हुन्छ साथै व्यावसायिक हुन प्रोत्साहन पनि यसले गरेको हुन्छ। ग्रामीण इलाकाको लागि यो मुख्य ढुकुटी हो भने सहरिया को लागि पनी यो बचत गर्ने मुख्य थलो हो।जसमा हरेक ब्यक्तिका लक्ष उदेश्यहरु यसले पूरा गर्दछ्
    यसको स्थापना खास बेलायतबाट भएको पाइन्छ ।अन्तर्राष्ट्रिय स्थरमा पनि सहकारीको योगदान धेरै उल्लेख्य रुपमा पाउन सकिन्छ ।दुग्ध तथा कृषि क्षेत्र देखि उद्योग ब्यबसाय सम्म यसको ठूलो महत्त्व रहेको पाइन्छ ।नेपालमा भने २०१३साल देखि सहकारीको स्थापना भएको पाइन्छ।अहिले देशमा साना ठुला सबै गरेर तीस हजार सहकारी स्थापना भएका छ्न ।जसमा हजारौंले यसमा रोजगारी पाएका छ्न भने करोडौं व्यक्ति यसको सेवाबाट लाभान्वित छ्न।सहकारीको योगदान कुल आर्थिक क्षेत्रको १५%(पन्ध्र प्रतिशत) र देशको कुल ग्राहस्थ्य उत्पादनको ३%(तीन प्रतिशत )यसको उदेश्य सानो- सानो रकम हरु जम्मा गर्ने वा बचत जम्मा गर्ने ।ऋण प्रबाह गर्ने ।सानो सानो पसल हरु कृषि क्षेत्र दुग्ध तथा डेरि साथै घरेलु उद्योग साथै अन्य कल कारखाना हरुमा यसले लगानी गरि ब्यबसाय उकास्ने कार्य यसले गर्दछ।

    सहकारीमा हरेक ब्यक्तिको सेयरको हैसियत बराबर हुने गर्दछ।कसैको बढी कम हुँदैन दाहित्व र अधिकार सबैको बराबर हुन्छ।कसैले निर्णयमा लाद्न सक्दैन ।संस्थाको उद्देश्य बिचार सिद्धान्तहरु नियम कानुनहरु सहकारी ऐनबाट जारी ऐन अनुसार नै हुन्छ।नेपालको संविधान २०७२ को भाग ४ धारा ५१( घ )को उपधारा १ र ३मा उल्लेख भए अनुसार १ मा सार्वजनिक निजि सहकारी क्षेत्रको सहभागिता बिकास स्वतन्त्रता मार्फत राष्ट्रिय अर्थतन्त्रको सुदृढ गर्ने र ३मा देशमा रहेका सहकारी क्षेत्रलाई प्रबर्द्धन गर्दै राष्ट्रिय बिकासमा अत्यधिक परिचालन गर्ने भन्ने उल्लेख गरेको पाइन्छ।
    सहकारीमा साधारण सभा मार्फत आर्थिक बर्षका गतिविधि बारे सेयर होल्डरलाई संस्थामा भएका एक वर्षमा गरेका आर्थिक गतिविधिबारे अवगत गराउने नाफाबाट सेयर होल्डरलाइ बोनस दिने कुरा सबै स्पष्ट पारिन्छ ।यो एक वर्षमा भएका कार्यबाट विभिन्न उठेका प्रश्नको जवाफ् मार्फत सबैको सहमतीमा पास गर्ने गरिन्छ।सहकारीमा सहि नेतृत्वको छनौट गर्ने संचालक समिती लगायत लेखा समिती ऋणसमिती हरुलगायत पदाधिकारी हरुको छ्नौट गर्ने मुख्य काम सेयर होल्डरको हुने गर्दछ।सहि नेतृत्व छनौट गर्नु सबैको उदेश्य हुन्छ त्यसले साधारण सभामा र नेतृत्व छ्नौट गर्ने कार्यमा अनिवार्य रुपमा सहभागिता जनाउनुपर्छ।सहि नेतृत्व छनौट गरेमात्र संस्थाले राम्रो उन्नति प्रगति गर्न सक्छ रामो ब्यबस्थापन पाउन सक्छ ।राम्रो ठाउँमा लगानी हुन सक्छ सस्था पनी बलियो बन्न सक्छ।साधारण सभामा उपस्थिति हुने र आफ्नो बिचार राख्ने नराम्रो कामको खवर्दारी गर्ने बेला बेलामा संस्थामा गएर आर्थिक गतिविधिबारे बुझ्ने सेयर होल्डरको मुख्य उद्देश्य हुने गर्दछ ।

    बेलाबेलामा आउने महामारिको कारण पनी सहकारी क्षेत्रलाइ केही समस्या ल्याएको देखिन्छ ।विशेषगरि कोरोना माहामारीले गर्दा सहकारीमा केही असर पर्न गएको पाइन्छ ।यसको साथै सहकारी क्षेत्रमा राम्रो व्यवस्थापनको कमि र हचुवाको भरमा लगानी गर्नु असुरक्षित लगानी गर्नाले गर्दा पनि बर्तमान अबस्थामा केही सहकारी संस्थामा समस्या देखिएको पाइन्छ ।अर्कोकुरा आर्थिक सस्थाहरुमा तरलताको निश्चित सिमा नराक्दा पनि तरलता अभाव देखिएको पाइन्छ।गाहक बर्गपनी हल्लाको पछि लाएर आवश्यक भन्दा बढी रकम निकाल्दा यो समस्या देखिएको पाइन्छ। सम्बन्धित संस्थाको व्यवस्थापन टिमले राम्रोसँग व्यवस्थापन गरेमा लगानी गर्ने अनुपात र तरलता कति प्रतिशत राख्ने यो बारेमा बिचार पुर्याएमा र सुरक्षित लगानी गर्ने धितो र बिनाधितो कति सम्म लगानी गर्ने भन्ने एउटा नियम बनाउनु पर्छ ।साथै सेयर सदस्यहरु पनि इमान्दार भएमा यो समस्या अवस्य आउदैन।

    सहकारी क्षेत्रमा नगद कारोबार देखि उधोग धन्दाको बिकास रोजगारी सृजना गर्ने काम हाम्रो देशमा मात्रै नभइ यो अन्तर्राष्ट्रियस्तरमा यसको दायरा झन फराकिलो छ ।नेपालमा पनि कृषि सहकारी सस्था बचत तथा ऋण सहकारी गरि धेरै सहकारी सस्था स्थापित छ्न जसले कृषि क्षेत्र अन्तरगत उन्नत बीउ मल कृषि औजार फलफूल दूध बितरण साथै धेरै काम गरेको र यसले गर्दा समग्र कृषि क्षेत्रको सुधार रोजगारी सृजना साथै बचत तथा ऋण सहकारीहरुले गर्दापनी जनस्तरमा बचतको भावना वृद्धि व्यावसाय तथा उधोग धन्दामा लगानी गर्नाले राम्रो आर्थिक उन्नति हासिल हुने रोजगारीको सृजना भइ बेरोजगारी हट्ने साथै समग्र क्षेत्रको बिकासको साथै देशको बिकासमा थप टेवा पुग्ने देखिन्छ।त्यसैले सहकारीको बिकास भएमा यसबाट सरकारलाई राजस्वमा आम्दानी हुने गर्दछ।जसबाट देश बिकास गर्न सरकारलाइ टेवा पुग्ने गर्दछ ।सरकारले पनि विभिन्न ठाउँ अनुसार क्षेत्र अनुसार कृषि सहकारीलाई ब्यवस्थित गरि विभिन्न मल उन्नत बीउ औजारहरु सहुलियत मुल्यमा बितरण गर्न लगाए झन तीब्र रुपमा यसको बिकास हुने गर्दछ त्यसैले सहकारी क्षेत्रलाई ब्यबस्थित गर्न सके ग्रामिण इलाकाहरुका साथै कृषि उधोग लगायत समग्र औद्योगिक क्षेत्रमानै सूक्ष्म तहबाट जरै देखी समग्र क्षेत्रको बिकास हुने गर्दछ।बैकहरुले ठूलो क्षेत्रमात्र हेर्ने गर्दछ भने सहकारी क्षेत्रले सानो तह बाट सूक्ष्म तहबाट यसको बिकास हुने गर्दछ। त्यसैले सहकारी देशबिकासको लागि एउटा खम्बाको रुपमा रहेको छ ।

    टाेखालाइभ डट कममा असोज १० गते सोमबार प्रकाशित काशिराम घिमिरेको व्यक्तिगत विचार हुन् ।

     

    Facebook Comments

    सम्बन्धित खवर

    दोलखा भीमसेनको गाथाः

    मतको मूल्य र राष्ट्रको भविष्य

    अचम्मको ज्ञान ! 🌸

    जग्गा वर्गीकरण र गथामुग: चह्रे

    छुटाउनुभयो कि? सबै