• TOKHA LIVE

      TOKHA LIVE

    • २४ भाद्र २०७९, शुक्रबार १०:१२

    अपूर्व क्षितिजलाई तारेखमा छोडियो

    टाेखालाइभ डट कम/ भाद्र२४,२०७९

    काठमाडौं । प्रहरी हिरासतमा रहेका कमेडियन अपूर्व क्षितिजलाई प्रहरीले तारेखमा छाडेका छन ।काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख गंगा पौडेलका अनुसार अपूर्वलाई कोरोना पुष्टि भएपछि उपचार गर्न भन्दै पछि उपस्थित हुने गरी रिहा गरिएको हो ।

    नेवाः समुदायको भाषा, संस्कृति, परम्परा, रितीतिथीको कमेडिको नाममा अपमान गरी समुदायकै मजाक बनाएपछि चर्को विरोध भएको थियो ।
    नेवाः अभियान्ताहरुले अपूर्वलाई पक्रा गरी कार्वाहीको माग गरेपछि उनले १२ भदौमा प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए ।

    जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएका अपूर्व बिरामी भएपछि प्रहरीले गत मंगलबार उपचारका लागि वीर अस्पताल भर्ना गरेको थियो ।

    बुधबार मात्रै अपूर्वलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीले अनुमति दिएको महानगर खबरले जनाएको छ।

    Facebook Comments

    सम्बन्धित खवर

    दश वर्षमा ८१५ सम्पदा निर्माण

    छुटाउनुभयो कि? सबै