• TOKHA LIVE

    • २४ भाद्र २०७९, शुक्रबार ०६:१७

    काठमाडौंको ऐतिहासिक इन्द्रजात्रा पर्वमा भगिनी सम्बन्ध भएका १८ देशका नगर प्रमुखलाई जात्रा हेर्न निम्तो

    टाेखालाइभ डट कम/नविना श्रेष्ठ
    भाद्र २३,२०७९

    काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साहले काठमाडौंको ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा भगिनी सम्बन्ध भएको विभिन्न देशका १८ नगर प्रमुखलाई जात्रा हेर्न निम्तो गरिएका छन्। इन्द्रजात्राका सन्दर्भमा बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले चीन, जापान, अमेरिका, दक्षिण कोरिया, भारत लगायतका बिभिन्न देशका भगिनी नगरहरुलाई जात्रा हेर्न निम्तो गरिएको जानकारी दिएका छन्। काठमाडौंको जात्रा पर्व अब काठमाडौँ उपत्यका भित्र मात्र सिमित नरहने बताए। बुधबार पत्रकार सम्मेलनमा काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले नेपालमा आएका नगरप्रमुखले आफ्नो देशमा फर्किपछि नेपालको संस्कृतिको प्रचार हुने भएकाले बिदेशी पाहुनालाई बोलाइएको जानकारी दिनुभयो।

    देशकै महत्वपूर्ण जात्रालाई सभ्य र भव्य रुपमा मनाइने भन्दै सम्पदा र संस्कृतिको जर्गेना गर्नसक्ने सांस्कृतिक पर्यटन भित्राउन सहज हुने विश्वास जनाए। महानगरकी उपप्रमुख सुनिता डंगोलले इन्द्रजात्राका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरूलाई निम्तो दिइसकेको जानकारी दिनुभयो।काठमाडौं महानगरपालिकाले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताए। बुधबार हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठडयाइएपछि प्रारम्भ भएको जात्रा रथयात्रा र देवदेवताको पूजाआजा गरी मनाईंदै आएको छ।

    बिभिन्न देशसंग नेपाल भगिनी सम्बन्ध रहेको थियो। त्यो सम्बन्ध रहिरहने छ।तर अबका दिनहरुमा यस ईन्द्र जात्रा पर्वले अझ सशक्त रूपमा भगिनी सम्बन्ध सधै कायम राख्ने प्रतिबद्धता जनाए। काठमाडौं उपत्यका भित्र मनाउने जात्राहरुमा इन्द्रजात्रा,सेतो मच्छिन्द्रनाथ रथयात्रा,जस्ता जात्रा पर्व लाई सभ्य र भव्य रुपमा मनाउदै अबका दिनमा नेपालमा मात्र सिमित रहनुभएन र जात्रा पर्वले पनि बिभिन्न देशसंग भगिनी सम्बन्ध मजबुत रहने जनाए।

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै