टाेखालाइभ डट कम/नविना श्रेष्ठ
भदौ १९,२०७९
लाखे आजुको जात्रा व्यवस्थित तथा मर्यादितसंग संचालन गरि जात्रा मनाउनका लागि विशेष छलफल कार्यक्रम शनिबार लाखे घरको प्राङ्गन लाखेननीमा सम्पन्न भएको छ।

यही महिनाको २२ गतेदेखि २९ गतेसम्म लाखे आजु तथा इन्द्रजात्रा पर्वलाई सभ्य र मर्यादित ढंगले सम्पर्क गर्न गत वर्ष झैं यस वर्ष पनि सम्पूर्ण टोलबासी शुभेच्छुकहरुलाई सहयोग गरिदिनुहुन लाखे आजु गुठीले अनुरोध गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि सांस्कृतिक मन्त्री जिवनराम श्रेष्ठ,लाखे आजुका मुल नायक राजिव रञ्जित, जनसेवा प्रहरी इनिस्पेक्टर प्रकाश रेग्मी, ईन्द्र जात्राका व्यवस्थापन अध्यक्ष दिपक रञ्जित, पूर्व अध्यक्ष लक्ष्मण राम रञ्जित,लाखे आजु जात्रामा सामेल हुनुहुने शुभचिन्तक गणपति लाल श्रेष्ठ लगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

लाखे आजुले गर्दा आजको दिन सम्म रञ्जित जात रहिरहेकोमा रञ्जित परिवारहरुले गर्व गरेका थिए। शान्त भएर लाखे आजु आज नेपालमा मात्र चर्चाको विषय रहेन यो अन्तराष्ट्रिय क्षेत्रमा समेत प्रख्यात भैसकेको जानकारी दिनुभयो। अस्ट्रेलिया अमेरिका बेलायत लण्डनमा पनि लाखे आजुको जात्रा नेपालीहरुले मनाउँदै आएको छ।

कार्यक्रममा काठमाडौं महानगर स्थानीय वडाका वडा अध्यक्षहरुलाई पनि निमन्त्रणा गरेको थियो तर केही विशेष काम र कार्यक्रम भएको कारणले त्यस लाखे आजुको छलफल कार्यक्रममा उपस्थित हुन सकेको थिएन।

