• TOKHA LIVE

      TOKHA LIVE

    • १३ भाद्र २०७९, सोमबार ०९:४२

    “नारिहरुको पर्व तिज र यसको महत्व”

     

    -काशिराम घिमिरे

    जताततै मादलको ताल सुनिदैछ । डाँडाकाँडा मेलापात हरुमा आमादिदीबहिनीका सुरिला भाकाका गित हरु सुनिन्छ्न ।उकाली ओरालीमा दिदिबहिनि लाई आफ्नो घर बाट माइती दाजुभाइलिन गएको देखिन्छ ।कोखिमा बालबच्चा बोकेर चेलीहरुमाइती तर्फ आएको देखिन्छ ।अँघीअघि चेलीपछि दाजुभाइ हिँडेको देखियो कहिँ मटरमा चढेर त कहिँ बाइकमा आउनेक्रम छ यो सगसगै साच्चिकै तिज आएको अनुभुती भयो ।आज पल्लो घरमा तिजकोगित गाउने कार्यक्रमले त झनै रमाइलो बनायो जसमा आमादिदिबहिनिले हाम्रो धर्म संस्कृति अन्तर्गत र आफ्ना बर्ष भरी भएका ब्यथा बेदनाको बारेमा खुलस्त रुपमा गाउनु भयो कस्तो रमाइलो साथमा भाइले बजाएको मादलको ताल पनि उत्तिकै राम्रो ताली र गलाले साथमा कम्मर मर्काइ सबैको आत्मीय र संस्कृतिक नाँचले रमाइलो भयो । साथमा काक्रोको अचार स्वादिलो पनि उत्तिकै ।

    साच्चिकै भन्दा तिज महिलाहरुको विशेष पर्वहो यसको महत्व धर्म संस्कृतिसँग जोडिएको छ।जसमा बिबाहित महिलातथा चेलीहरुआफ्नो जन्मठाँउ संम्झिआफ्नो आमाले पकाएको मीठो दरखान आउने गर्दछ्न ।आमाले पकाएको खानात कस्लाइपो मीठो लाग्दैन र तर समय परिस्थितिले त कसैलाई टाढा बनाएको हुन्छ। जसले गर्दा मन खिन्न बनाएको हुन्छ ।संम्भव भएसम्म सबै माइती आउने गर्दछ्न ।तिजमा विशेष त अनदिको चामलको खिर खाजा काक्रोको अचार तामा बोडिको तरकारी विशेष मानिन्छ।प्राय दुधजन्य बस्तुबाट बनेका चिजहरु खिर खाने परम्पराले गर्दापनि यसलाई दर भन्ने गरिन्छ। जसमा मिहिनेतका साथ बनाइ सबैले एकठाँउमा सँगैबसि रमाइलोसाथ खाने गरिन्छ।बुबाआमा दाजुभाइ दिदिबहिनी सगैबसी दर खाइन्छ जसले गर्दा रमाइलोको अनुभूति हुनेगर्छ।त्यसको साथै दिदिबहिनी हरुलाइ नयाँ नयाँ लुगा कोसेली हरु चुरा टिकिदिने चलन हाम्रो परम्परा अन्तर्गत छ।
    यो पर्व प्राय भाद्रशुक्ल दिप्तियदेखि पञ्चमीसम्म चारदिन मनाउनेगरिन्छ यसमा खासत भगवानशिवको पूजा आरधना गरिन्छ।यो पर्वमा अभिबाहित महिलाले राम्रो पति पाँउभनी र बिबाहितले आफ्नो पतितथा परिवारको सु-स्वास्थ र पारिबारिक गतिविधि राम्रो र शुखशान्ती होस भनीव्रत एवं पूजागर्ने चलन छ।
    हिन्दू परम्परा अनुसार हिमालयले आफ्नी छोरी पार्वतीको बिबाह भगवान् बिष्णु सँग गरिदिने भनी भनेकोमा आफ्नोबुबाको कुरा चित्त नबुझी जङ्गलमागइ १०७सातौं जन्मसम्म घोर तपस्यागरी पूरा नभइ १०८औं जन्ममा पुराभएको पाइन्छ ।साथै सयौं बर्ष बस्दापनी पुरानहुँदा शिवलिङ्को स्थापना गरि पानीपनी नखाइ पार्वती निराधार व्रत बस्दा शिवजी प्रकट्भइ चिताएको पुग्छभनी आशीर्वाद दिएको र शिवपार्वतिको यसरीनै बिबाहभएको पाइन्छ ।त्यसैलाई मध्यनजर राखी यो पर्व मनाउने गरिन्छ।
    यो पर्व भाद्रशुक्ल त्रितियाकादिन मनाउने यसमा अघिल्लो रात दिप्तियका दिन दरखाने र तिजको दिन बर्तबसिन्छ र चौथिको दिन स्नानगरि तिजको तेस्रोदिनमा ऋषिपंञ्चमीको तयारी गरिन्छ चौथोदिन बर्तालुमहिलाले ३६५ दत्तिवोलले दातमाझि माटोले लेपन गरिसत्तऋषिको पूजागरी टिकालगाइ दान दक्षिणा गरि नाँचगान गरि यो पर्वमनाउने गरिन्छ।
    तिजमा टिपिकल नेपाली धर्म संस्कृती अन्तर्गतका आफ्ना डाँडाकाँडा हरुमा गुन्जिने सुवाउदो र परम्परा अनुसारको सब्दनै राम्रो हुन्छ ।भरसक आफ्नो रितिरिवाज अनुसार गाएको राम्रो हुन्छ ।आफुले देखेका भोगेका सत्य तथ्य घटना हरुलाइ गित संगीतको माध्यम बाट बाहिर ल्याउनु र अन्याय र अत्याचार र बिसङ्ती का लाई टिपि आफ्ना आवाज बुलन्द गर्नुपर्छ पहिले नारिहरुले आफुले बर्ष भरी पाएका मेला पात हरुका दुख बेदना हरु आफुउठी नाची गितगाउदै नाच्दै गित झिक्दै नाच्दै गरेको बेदना पोखेको पाइन्थ्यो तर आजकाल त्यो कमि देखिन्छ।समय परिस्थिति अनुसार धर्म संस्कृतीलाई छुनेखालका मिठा शब्द र भाकाहरु कम छ्न ।आफैले गित झिकेर तालिपिटेर नाच्ने चलन कम छ ।पार्टी प्यालेसमा गई डेक बजाइ नाच्ने चलन छ ।नयाँ व्यावसायिक गित हरु बजारमा आउने गरेका छ्न त्यो भन्दा आफ्नो धर्म सस्कृती हरुलाइ छुने र झल्किनेसब्दराखेर गाउँदा राम्रो हुन्छ।तिजलाइ भडकिलो सैलिमा देखासिकी रुपमा मनाउनुभन्दा आफुले सक्दो र सरल तह बाट मनाऔ हाम्रो धर्म संस्कृतिलाइ बचाइ राखि हाम्रो हिन्दूपरम्परा अनुसार नारिलाइ देवि लक्ष्मी सरस्वतीको रुपमा लिइन्छ।जहाँ वा जुन घरमानारिको सम्मान हुन्छ त्यहाँ घर शुखी खुशी हुन्छ।घरमा लक्षिन हुन्छ।घर उज्यालो हुनेगर्छ। २१औं सताब्दिका नारिहरु आज हरेक कुरामा अगाडि छ्न पढन लेख्न साथै बौद्धिक क्षेत्रमा निकै नारी अगाडि छ्न यो खुशिको कुराहो खाली चुलो चौकोमा नारि सिमित छैनन राज्यका गरेक क्षेत्रमा नारीहरु देख्न सकिन्छ।सबैले राम्रोसँग हासिखुसी धर्म सस्कृती अन्तरगतको तिज सबैले राम्रोसँग मनाऔ आफ्नो क्षमता अनुसार मनाऔ सबै महिला दिदिबहिनी हरुमातिज विशेष पर्वको शुभकामना ।

     

    टाेखालाइभ डट कममा २०७९ भदौ १३ गते प्रकाशित ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै