• TOKHA LIVE

      TOKHA LIVE

    • ११ भाद्र २०७९, शनिबार १३:३६

    कुशको धार्मिक, आयुर्वेदिक र वैज्ञानिक महत्त्व

    टाेखालाइभ डट कम/नविना श्रेष्ठ
    भदौ १०,२०७९

    कुश हामी वैदिक सनातनीहरूलाई मात्र नभई कुशको धार्मिक, आयुर्वेदिक र वैज्ञानिक महत्त्व भएको बहु उपयोगी वनस्पति त हो । तर देवकार्य होस् या पितृकार्य जन्म देखि मृत्युसम्म कुशको प्रयोग अनिवार्य हुन्छ । कुशको वैदिक परम्परादेखि नै ठूलो महत्त्व रहेको हामी सबैलाई थाहा भएकै कुरा हो। र वर्तमान समयमापनि Eragrostis cynosuroides वैज्ञानिक नामले चिनीने कुशलाई वैज्ञानिक हरूले अनुसन्धान र निष्कर्ष निकाली सकेको छ।

    उपरोक्त श्लोकबाट स्पष्ट हुन्छ। कुश स्वर्गका राजा इन्द्रको वज्र, विष्णु भगवानको सुदर्शन चक्र र शिव भगवानको त्रिशूलजस्तै शक्तिशाली रहेको छ । यस्तो पवित्र कुश लगाए सबै खालको रिष, राग, क्रोध, संवेग तथा आवेग नियन्त्रित हुन्छ भन्ने शास्त्रीय वचन छ । वैदिक साहित्यमा परापूर्व कलदेखी नै कुशको वर्णन अनेकौं स्थानमा गरिएको पाईन्छन्। विष्णु भगवानको प्रतीक मानिने कुशलाई श्रीमद्भगवद् गीता, गरुड पुराण, अथर्व वेदआदिमा क्रोधशामक र अशुभनिवारक अर्थात् मनलाई नियन्त्रण गर्नसक्ने क्षमता रहेको छ भनेर व्याख्या गरिएको पनि पाइन्छ ।

    जब व्यक्तिको जन्म कुण्डलीमा राहुको महादशा या राहु ग्रहको नराम्रो प्रभाव परेको अवस्थामा कुशपानीले स्नान गर्नु र कुशको हवन गर्नालेपनि अत्यन्तै फाईदा हुने र राहु ग्रहको नकारात्मक प्रभाव समाप्त भई सकारात्मक ऊर्जा मिल्ने छ। भने हवन तथा याज्ञआदि कार्यमा पनि कुश विछ्याउने परम्परा वैदिक कालदेखि नै चलिआएको छ। त्यसैले देवकार्य होस् या पितृकार्यमा कुशद्वारा निर्मित पबित्र कुशको औँठी औंलामा लगाउने र कम्मरमा सिउरने धार्मिक विधि समेत रहेको पाइन्छ। अघि पछि उखलेको कुश एकदिन, कुशे औँशीको दिन उखलेको कुश एक वर्ष र कुशे औँशीको दिन सोमवार (सोमवारे औँशी) पर्न गाएमा १२ वर्षसम्म कुश काम लाग्ने अर्थात् ऊर्जा शक्तिले पूर्णहुने शस्त्रोक्त वचन रहेको पाइन्छ ।

    धार्मिक मान्यता अनुसार मान्छे मर्ने बेलामा या पार्थिव शरीरलाई कुशकै बिछ्यौनामा सुताउने गरिन्छ । यदि कुनै व्यक्तिको मृत्यु पञ्चक अर्थात् धनिष्ठा, शतभिषा, पूर्वभाद्र, उत्तरभाद्र र रेवती नक्षत्रमा मृत्यु भएको भए भवितव्यमा हुने अनिष्टबाट बच्न कुशकै ५ वटा पुत्ला बनाई मसान घाटमै जलाउने प्रचलन रहेको छ । हराएको मान्छे अब जिउँदो छैन भन्ने लाग्यो भने कुशकै पुत्ला बनाएर अन्त्योष्टि गर्ने प्रचलनपनि रहेको छ, किनकि कुशमा अनिष्ट शक्तिलाई नाश गर्ने क्षमता मिल्ने भएकाले कुशकै पुत्ला बनाएर अन्त्येष्टि गर्ने गरिन्छ ।

    ज्योतिष शास्त्र अनुसार राहु ग्रहको नकारात्मक उर्जालाई हाम्रो शरीरबाट हटाउन कुशपानीले ठुलो मद्दत गर्दछ, राहु ग्रह लागेका या राहु हावी भएका व्यक्तिहरूको लागिपनि कुश ज्यादै उपयोगी छ । राहु ग्रहको महादशा अन्तर्दशा या प्रत्यानतर दशा भएका व्यक्तिहरुले कुशको अधिकभन्दा प्रयोग या हवन गरेर राहुको नकारात्मक उर्जाबाट बच्न सकिन्छ भन्ने मानेता रहिआएको छ।

    आयुर्वेदमा पनि यसको निकै नै ठूलो महत्व रहेको र तराईदेखि पहाडसम्म पाइने यो वनस्पतिको जरा र यसको पत्ताबाट रक्तसञ्चारमा ऊर्ध्वगमन र अधोगमन (high & low), पत्थरीमा, अल्सर, रक्तप्रद, मूत्ररोग, पायल्स साथै अन्य रोग प्रतिरोधक क्षमता कुशको सेवनले बढाउने, मुटुको चाल सन्तुलित राख्ने र कुशासनमा बस्दा नशाघात, पक्षाघात, हृदयाघात, मष्तिस्काघातजस्ता डरलाग्दा रोगको आक्रमण रोक्ने सामर्थ्य कुशमा रहेको छ र अन्य विविध प्रकारका रोगहरुलाई नियन्त्रण तथा निर्मूल पार्न सक्ने क्षमता कुशमा रहेको छ भनेर आयुर्वेदमा उल्लेख गरिएको छ ।

    हामीले जुनसुकै देवकार्य या पितृकार्य गर्दा, वेदका मंत्र या श्लोकहरु पाठ गर्दा हाम्रो शरीरबाट एकप्रकारको उर्जा निस्किरहेको हुन्छ र त्यो ऊर्जालाई संरक्षित बनाउन र सकारात्मक उर्जा परिचालन गर्न लागि कुश एकदमै महत्त्वपूर्ण भुमिका खेल्दछ । यदि हामीले कुशको आसन र शिरमा पनि कुश राखेर वैदिक मन्त्र, जप, तप, पाठ आदि गर्यौं भने हाम्रो ऊर्जा अन्यत्र नगई आफ्नै शरीरमा निहित हुनाले हामीलाई आफूले गरेको कार्यबाट अझै बढी सकारात्मक उर्जा प्राप्त भई सत् बुद्धि र विचार आदिको विकास हुन्छ ।

    आध्यात्मिक र संचित शक्तिलाई जहिले पनि नेगेटिभ उर्जाले व्याप्त पार्न सक्दछ, त्यसैले हाम्रो वरिपरिका एन्टी रेडियसनबाट बचाउन कुशलाई लगाउने, राख्ने, ओछ्याउने र शुद्ध पार्ने जस्ता कामको लागि उपयोगी गर्ने गरिन्छ यस्ता नकारात्मक प्रवाह र नेगेटिभ उर्जा विशेषगरी हाम्रो हात, गोडा र सीरबाट हाम्रो शरीरमा व्याप्त हुने हुनाले गर्दा कुशका पबित्र, औँठी, मणिबन्ध, यज्ञोपवीत आदि बनाएर ग्रहण गर्ने गरिन्छ । अझ भनु वैज्ञानिक दृष्टिले पनि यो कुरा सिद्ध हुन्छ कि, कुशद्वारा निर्मित गुन्द्री वा चकटीमा नियमित बस्नाले उच्च रक्तचाप जस्ता धेरै बिरामीलाई निकै लाभ हुने वैज्ञानिकहरूको पनि तर्क छ ।

    कुशलाई बिकिरणहरूको माझमा राख्दा कुशले सम्पूर्ण बिकिरणहररूलाई आफ्नो शक्तिद्वारा परिवर्तित गरेको पाइयो । सम्पूर्ण वायुमण्डलमा रहेका विकिरण हरूलाई निस्तेज गर्नसक्ने क्षमता कुशमा मात्रै ६० प्रतिशत रहेको वैज्ञानिक हरूको भनाई छ । वर्तमान समयमा हामीले प्रयोग गर्ने विभिन्न प्रकारका इलोक्ट्रोनिकवस्तु, घडी, मोबाईल, कम्प्युटर लगाएतका अन्य प्राविधिक, टेक्निकल लगायत विद्युतीय उपकरणहरुबाट निस्कने नकारात्मक उर्जालाई समाप्त पार्न र त्यसबाट बच्नको लागि वैज्ञानिक दृष्टिले पनि कुशको प्रयोग महत्त्वपूर्ण छ ।

    विशेष वनस्पति कुशलाई भरिसक्के काट्नु हुँदैन, कुशे औँशीको दिन उखेलेर घरमा राख्नाले मात्र पनि नकारात्मक उर्जा, तरङ्ग र विकिरणहरूलाई निस्तेज बनाउन मद्दत गर्दछ, त्यसैले ग्रहण आदिमा खानेकुराहरूलाई शुद्ध बनाई राख्न र नकारात्मक उर्जाहरूबाट जोगिन हामीले ग्रहणको समयमा खानेकुराहरुमा कुश राखेर शुद्ध पार्ने गरिन्छ । आगामी दिनहररूमा हामीले कुशलाई घरमा राखे मात्र होइन कुशको महत्त्व र गुण हाम्रो भावी सन्ततिहरूलाई यसवारे सोध संरक्षण र उपयोग गर्न उत्प्रेरित गर्नुपर्दछ ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै