• TOKHA LIVE

    • ९ भाद्र २०७९, बिहीबार १८:४२

    अल्फाबिटाको अवैध संरचनामा काठमाडौं महानगरले चलायो डोजर

    टाेखालाइभ डट कम/ भदौ ९,२०७९

    काठमाडौं। काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटाको अनधिकृत संरचनामा आज दिउँसो डोजर चलाएको छ ।आज बिहान अनुगमनका लागि उक्त कम्प्लेक्स पुगेका मेयर बालेन साहसँग वैधानिक रूपमै संरचना बनाइएको दाबी गर्ने कम्प्लेक्स सञ्चालकसँग दोहोरो भनाभन भएको थियो ।

    कानूनबमोजि नै कम्प्लेक्सको भुइँतल्लामा व्यापारिक संरचना निर्माण गरिएको तथा राज्यलाई कर तिरिरहेको दाबी गर्ने अल्फाबिटाका सञ्चालकको शेखी छार्न मेयर बालेनले आजको आजै डोजर चलाएका हुन् ।

    सो क्रममा कम्प्लेक्स प्रतिनिधिले नक्सा लिएर आउन र नक्सा हेरेर मात्रै आफूहरूसँग कुरा गर्न भन्दै मेयर साहलाइृ कानूनी उपचारको धाक लगाएर फिर्ता पठाएका थिए ।

    फिर्ता भएको केही घण्टामा नै मेयर बालेन उक्त कम्प्लेक्सको नक्सा र संरचना भत्काउने डोजर तथा नगर प्रहरीसहित अल्फबिटा पुगेका थिए । यसबारेमा मेयर बालेनले-” उहाले आफ्नै नक्सा मलाइ माग्नु भयो ।
    मैले अफिस गएर नक्सा र डोजर लिएर गए ।
    मैले के बिराए । अब उपरान्त यस्तो गर्न नपरोस , सबैले आफै बुझेर अबैधानिकरुप मा बनाइएको सम्रचना हटाइ दिनु होला । नक्सा जसरी पास भएको छ , त्यहि अनुसार बनाइ दिनु होला” भनेका छन् ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै