टाेखालाइभ डट कम/नविना श्रेष्ठ
श्रावण २७,२०७९
९ बर्षपछि जनैपूर्णिमा र गाईजात्रा एकैदिन मनाईएको छ। भने काठमाडौंमा यसपाली दुई दिन गाईजात्रा मनाउने भएको छ। काठमाडौंको जनबाहालमा मछिन्द्र क्लबको आयोजनामा दुई दिन गाईजात्रा क्याम सर्भिस गर्ने मछिन्द्र क्लबका अध्यक्ष सुनिल कपालीले बताउनुभयो। मछिन्द्र क्लबको आयोजनामा मछिन्द्र क्यूका रोभर रेञ्जरहरुले बिहानको ९ बजे देखि दिउँसो १२ बजे सम्म गाईजात्रा सेवा सर्भिस गरेको थियो।

भक्तपुर र ठिमी नगरपालिकाले बिहीबार जनैपुर्णिमा र भोली गाईजात्रा मनाउनका लागि दुई दिने सार्वजनिक बिदा दिए पनि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने यो वर्षको जनैपूर्णिमा र गाईजात्रा शुक्रबार एकैदिन रहेको जनाएको छ। मुख्यतः काठमाडौं उपत्यकाका नेवार समुदायले जनैपूर्णिमा र गाईजात्रा क्रमशः बिहीबर र शुक्रबार दुई दिन लगातर हुने जनाएपछि पञ्चाङ्ग समितिले २७ साउन र शुक्रवार नै दुवै परेको भन्दै मनाउदै छ।

पञ्चाङ्ग समितिले यस बारेमा भ्रममा नपर्न आग्रह गर्दै धार्मिक र परम्परा अनुसार आफ्ना धार्मिक कृत्य शुक्रबार एकैदिन गर्न गराउन समेत आग्रह गरेको हो। बिहीबार नै पूर्णिमा तिथि सुरु हुने भए पनि भद्रा पर्ने भएकाले भोलिपल्ट शुक्रबार जनैपूर्णिमा मनाउन तथा रक्षाबन्धन गर्न उचित हुने पञ्चाङ्ग समितिको भनाइ छ। यसअघि १९९४, २०२४, २०३०, २०३१, २०५५, २०६१ र २०७० सालमा पनि यस पालिको जस्तै अवस्था परेको र एकैदिन जनैपूर्णिमा र गाईजात्रा मनाइएको समितिले जनाएको हो। सँगै झन्डै ९ बर्ष पछि जनैपुर्णिमा र गाईजात्रा एकैदिन परेको जनाए।




