• TOKHA LIVE

    • २७ श्रावण २०७९, शुक्रबार १९:१७

    रक्षाबन्धनको महत्व, विधि र परम्परा

     

    -काशिराम घिमिरे

     

    हरेक चाड्पर्वको विशेष महत्व हुन्छ र हरेक चाड्पर्वहरु मनाउने विधि परम्परा हरु फरक -फरक हुने गर्दछ्न ।कुनै पनिकार्यहरू गर्दा त्यसको नीति नियम हरु रहेको हुन्छ ।नीति अनुसार जुनमा पनी चलियो भने त्यो काम राम्रो हुने गर्दछ ।तर त्यसको तरिका नबुझी गरेमा विधि नपननाएमा त्यो सफल हुँदैन त्यसबाट पाइने फल प्राप्त गर्न सकिदैन।त्यसैले विधि परम्परा अन्तरगत रहेर हाम्रा पर्वहरु मनाउने गरिन्छ ।जसले गर्दा राम्रो फल प्राप्त हुने बिश्वास लिइन्छ यो पर्व विशेषकको आफ्नै महत्व पाइन्छ र त्यसले गर्दा मान्यजन सग भेटघाट हुने आशीर्वाद पाइने जसले गर्दा मनोरञ्जन पनि हुने गर्दछ। रमाइलो यो बर्सको जनैपूणिर्मा श्रावण २७गते परेको छ। हरेक चाँडपर्व जस्तै यो पर्वको पनि विशेष महत्व रहेको छ।वैदिक परम्परा अनुसार जनैलाइ ब्रहासुक वा ज्ञानको धागो समेत भनिन्छ।

    हिन्दु परम्परा अनुसार धागोलाइ विशेष रुपले बाटी जनै बनाउने वा बाटने चलन छ । विधि अनुसार बाटने गरिन्छ। खास त ब्रतबन्ध गरिसकेको ब्यक्तिले जनै लगाउने बर्तबन्द गरेको बक्तिको कर्म चल्ने त्यसबिधी अनुसार उसले जनै लगाउने चलन छ ।जनै तथा डोरोले सधैं रक्षा गर्ने भएकोले यसको नाम रक्षाबन्दन राखिएको पाइन्छ ।यसको दिन पशुपतिनाथ ,गोकर्ण देवघाट गोसाइँकुण्ड बराह लगायत ताल तलाउ विभिन्न मठ मन्दिरमा विशेष रुपमा पूजा तथा मेला लाग्ने गर्दछ। प्रत्येक बर्षमाश्रावण सुक्ल पुर्णिमाकादिन मनाइने रक्षाबन्दन वा जनैपुर्णिमा विशेष रूपमाजनै तथा डोरो बाँधि रक्षाबन्धन गरी मनाइन्छ ।यो पर्वविशेषमा हाम्रो परम्परा अनुसारबिहानैदेखी तलतलाउ खोलानदि पोखरीहरुमा गई स्नान गरि सफा सुग्घर मई बिधीअनुसार गुरु तथा पुरोहित बाट जनैपूजिविशेष श्लोकबाट मन्त्री रक्षाबन्दन बादने चलन छ।

    यो विधि अनुशार डोरो तथा जनै लगाउँदा सम्पुर्ण नकारात्मक तत्वबाट सुरक्षा हुने रक्षा हुने धार्मिक परम्परा एबं बिश्वास रहेको पाइन्छ ।पौराणिक रुपमा हेर्दा पनि यसमा सत्ययुगमा दानव द्वारा लखेटिएका देबगणलाइगुरु बिहस्पतिले रक्षा बिधान गरिजेल गर्दा अत्यन्त दनवराज वलि बाधिए र त्यसैले तिमिलाइ बाध्दछुभनि भनेको पाइन्छ । यो डोरो तथा जनै बाधदा भन्ने मन्त्र विशेष छ र विशेष श्लोकगुरु पुरोहितले मन्त्रीएको जनै डोरोलाइ मन्त्रले नै भनी लगाउने चलन छ।यो श्लोक येनबद्रो बलिराजा दानबेन्द्रो महाबल ,तेन त्वा प्रती वध्रामी रक्षेमा चलमा चल भनी मन्त्री लगाउने धार्मिक विधि छ। जनैहुन्दु परम्परा अनुसार कर्म अनुसार जप तप गरि ,विभिन्न स्लोक भनी ,मन्त्री आफ्नो सरिरको रक्षाको लागि वैदिक विधि अनुसार ,लगाउने गरिन्छ।यो मन्त्रीएको डोरोलाइ खासत दाहिने हातमा गुरुहरुले लगाइदिने चलन छ। हाम्रो परम्परा अनुसार जनैडोरो पूजिसकेपछीपन्डित, गुरुहरुले लगाउने चलन छ उक्त जनै डोरोहरु मन्त्रीसकेपछी ज्वाइचेला, भान्जा भान्जी, हरुले आफ्नो मामा हरुलाइ लगाउने चलन छ ।पहाडी क्षेत्रमा यो भएता पनी नेपालको तराईको क्षेत्रमा यो साथै दिदिबहिनीले आफ्नो दाजुभाइलाई हातमा राँकि बादिदिने चलन छ जसले गर्दा दाजुभाइको रक्षाहुने रोगले आक्रमण नगर्ने धार्मिक बिश्वास एबं परम्परा रहेको छ।

    यश रक्षाबन्धन को दिन खासत डोरो बाँधिसकेपछी क्वाटी खानेपनी चलन छ ।विभिन्न एघार प्रकारका गेडागुडी मिलाइ उक्त गेडागुडी लाई भिजाइ टुसा उमारे पछी पखाली विशेष रुपमा पकाएर खाने चलन छ।जसले गर्दा सरिरभित्रको चिसो लाई यो खानाले उक्त चिसो हट्ने र तातो रहने शरीरको सुरक्षा हुने र आनन्द हुने बिश्वास छ। त्यसैले डोरोतथा जनै लगाउँदा यसको विधि धार्मिक परंरागत रुपमा लगाउने गरौँ ।आफ्नो संस्कारधर्म परम्परालाई संस्कृतिलाइ बचाइ राखौं ।श्लोकहरु गुरुबर्ग पन्डित ज्युबाट सिकौं।रक्षाबन्धन तथा जनै पूर्णिमाको सम्पुर्णमा हार्दिक शुभकामना ।

    टाेखालाइभ डट कममा श्रावण २७,२०७९मा k|sflzt

     

    Facebook Comments

    सम्बन्धित खवर

    दोलखा भीमसेनको गाथाः

    मतको मूल्य र राष्ट्रको भविष्य

    अचम्मको ज्ञान ! 🌸

    जग्गा वर्गीकरण र गथामुग: चह्रे

    छुटाउनुभयो कि? सबै