• TOKHA LIVE

    • २७ श्रावण २०७९, शुक्रबार १६:५३

    कालभैरबको गुठी र श्वेतभैरबको बिषयमा हनुमानढोका दरबारक्षेत्र अड्डाको पहलमा बैठक

    टाेखालाइभ डट कम/नविना श्रेष्ठ

    श्रावण २७,२०७९

    कालभैरबको गुठी र श्वेतभैरबको बिषयमा हनुमानढोका दरबारक्षेत्र अड्डाकोपहलमा कार्यक्रम सहित बैठक बसेका थिए। सम्बन्धित कालभैरबको गुठीका पुजारी तथा श्वेतभैरबको बिषयमा सम्बन्धित हनुमानढोका दरबार हेरचाह अड्डाको पहलमा हनुमानढोका दरबारक्षेत्र कार्यक्रम सहित बैठक बसेका हुन्। सामाजिक सन्जालमा उठेका कुराहरु र त्यहाको बास्तबिकताको बारे छलफल गरेका थिए। उहाँहरुले खुल्ला गर्ने र खुल्ला गर्दा आयको समस्याहरु बारे समाधानका उपायहरु ,दियो बत्ती बाहिर बाल्ने ब्यबस्था,नित्य पुजा गर्न आबश्यक सामानहरु ब्यबस्थापन र शनिबारका दिन भिड बढ्ने हुदा भक्तजनको सुरक्षा सहित सहजिकरण गर्ने बारे थुप्रै कुराहरुको छलफल भएको थियो। पानी माथिबाट मुर्तीमा पर्ने र मुर्ती बिग्रदै आयको बारे समाधानका कुराहरु सुचारु भयको छ ।

    पहिलो चरणमा भित्र दियो बाल्ने,सामाग्री राख्ने बाकस डस्तबिनहरु परिसर भित्र बाट हटायको छ । सम्बन्धित गुठी आफैले बाकी सुचनाका कुराहरु नोटिसहरु राख्न ब्यबस्थापन गर्न महानगर र हेरचाह अड्डाले सहयोग गर्ने कुरा भयको छ। उहाँहरुको मर्म पनि हामिले बुझ्यौ र कालभैरब प्रतिको आस्थाले त्यहा पुग्ने भक्तजन र सम्पदाप्रेमी सबैको कुराहरु राख्दा सबै सकारात्मक नै देखियको सम्पदा बचाउ अभियान संघर्ष समितिका संयोजक गणपति लाल श्रेष्ठले बताए। गुथि भित्रको समस्या मन्दिर- मन्दिरमा देखिएको विकृतीहरु जस्तै मन्दिर परिसर भित्र नरिवल फुटाउने मुर्तीलाई असर पर्ने गरि पुजा गर्ने गरेको कुरा निरुत्साहित गर्न सबैले एक अर्कालाइ सहयोग गर्ने कुरा भयको र मन्दिरमा पुजारी वा सम्बन्धित ब्यक्ती बस्दा परालको जुत्ता लगाउने ब्यबस्था गर्ने सहमती भयको संयोजक श्रेष्ठले बताउनुभयो।

    फोहोर ब्यबस्थापन र सरसफाइकालाई महानगरले पहल गर्ने प्रतिबद्दता ब्यक्त गरेको छ । श्वेत भैरबको सन्दर्भमा पहिलो चरण दियो बत्ती मन्दिर बाहिर मात्र बाल्ने र बिक्री बितरण गर्ने सहमती भयको हो। मन्दिर परम्परागत रुपमा इन्द्रजात्रामा पुर्ण खोलिने गरिन्थ्यो तथा दशैको समय एउटा मात्र भाग खोल्ने गरिन्थ्यो तर भुकम्प पछि धेरैको बिरोध हुदा हुँदै पनि एक भाग खोलियो जुन परम्परागत विधि विधान अनुसार नै हुनु पर्ने हाम्रो कुरामा सम्बन्धित गुथिबाट अब अर्को चरणमा छलफल हुने भयको श्रेष्ठले बताउनुभयो। गुथिका सम्बन्धित ब्यक्तीको धारणा खोल्नु पर्ने देखिन्छ भने हाम्रो राय बिज्ञ राखेर कुरा गर्ने त्यही अनुसार विधि बिधान कायम हुन पर्ने सम्बन्धित गुथि चलाउन असहज र भय सम्बन्धित निकायले सुबिधा बिस्तार गर्ने कुरा थप अर्को चरणमा निर्णय हुने छ भन्ने अपेक्षा लियको सम्पदा बचाउ अभियान संघर्ष समितिका संयोजक गणपति लाल श्रेष्ठले टोखा लाइभ डटकमलाई जानकारी दिनुभयो।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै