टाेखालाइभ डट कम/ श्रावण २,२०७९
काठमाडौंको शंखरापुर नगरपालिका–३ साँखुस्थित खहरे खोला नजिकै मानव कंकाल भेटिएको प्रहरीले जनाएको छ । । फेदी वनमा खहरे खोला नजिकै फेला परेको शवको कम्मर मुनिको भाग मात्रै देखिएको छ । प्रहरी प्रभाग साँखुबाट खटिएको टोली घटनास्थलमा पुगेको छ ।
सडेर कंकाल भइसकेको अवस्थामा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

