• TOKHA LIVE

    • १५ असार २०७९, बुधबार १२:०७

    हाम्रो प्रमुख खाद्यान्न धानबाली

    • काशिराम घिमिरे

    पटौटी अर्घाखाँची

    कतै गोरुको लस्कर त मानिस हरुको भिड र सेउ पलास्टिक छाता डोको नाम्ले बोकेर बेशीतिर आउनेको जानेको रमाइलो सगै साच्चिकै आषाढ आएको अनुभूति हुन्छ ।किसान हरु काममा हलि कहि बाँझो जोत्दैहिलाउदै र दाजुभाइ आलि लगाउदै दिदिबहिनी बीउ काडदै हिजोआजफाँटमा निकै रमाइलो छ ।कहिँ हलिदाइ खोकमागोरु हाक्दैछ्न र खेतालीहरु आशारे गित गाउँदै रमाइलो गर्दैछ्न ।आलिमा बसि मादल र सनैको मीठो धुन बजाउदै छ्न ।जसले गर्दा यो धान लगाउने तरिका र परम्परा एउटा रमाइलो साथ साँस्कृतिकतह बाट पनि हेर्न सकिन्छ ।आषाढ पन्ध्र बिश्व धान दिवस भएकोले यसदिनमा विशेष रुपमा हिलोमा काम गर्ने धान रोप्ने साथै रमाइलो गर्ने साँस्कृतिक रुपमापनी कार्यक्रम पनि हुने गर्दछ।जसमा बाली लगाउदा देवतालाई सँम्झी पूजागरि लगाउने गरिन्छ।दिनभर कामगर्दा गित संगीतको रुपमागाई निकै रमाइलो साथ लगाउने गरिन्छ।

    आपसमा मिलि कामगर्ने र रमाइलोलागि आत्मिय रुपमा हिलोमा खेल्नेपनी गरिन्छ ।यो देशको हरेक ठाउँ अनुशार विभिन्न रुपमा लगाउने गरिन्छ ।जसमा आफ्नैरिती रिवाज परम्परा हरु हुने गर्दछ्न।आशाढ पन्ध्र सरकारी स्थरबाटपनि एउटा् धान दिवसको रुपमा मनाउने गरिन्छ। त्यसैले यो सँस्कृतीसँग पनि जोडिएको छ। धानबाली नेपालको प्रमुख खाद्यान्न बालिमा पर्छ।यो बाली नेपालमा बर्षमा कुनै ठाउँ दुइपटक र धेरै ठाउँ एकपटक लगाउने गरिन्छ।हरेक बर्ष आषाढ पन्ध्रमा धानदिवश मनाउने गरिन्छ। यो बाली लगाउने समय प्राय बर्सात समयमा पर्छ।यो बाली नेपालमा समुन्द्रीसतहको सत्तरी मिटर देखि २८००मिटरको उचाइमा रोप्ने गरिन्छ।तराइका समतल खेतहरु र पहाडका फाँट र टार बेशी हरु र हिमालका अग्ला टार हरुमा विभिन्न जातका धान बालिहरु रोप्ने गरिन्छ। यी लगाउने विभिन्न धानका जातहरु हुने गर्दछ्न ।कुनैमा स्थानिय जातका धानहरु लगाइन्छ भने कुनैमा नयाँ बिकाशी उन्नत जातका र धेरै फल्ने खालका धान बाली लगाउने गरिन्छ।मानो रोपेर मुरि फलाउने सयम पनि हो यो आषाढ महिना त्यसैले देशको विभिन्न ठाउँमा रोपाइको चटारो छ्दैछ।

    किसान बुबा आमा दिदिबहिनी दाजुभाइ यसमा लागिपर्नु भएको छ। यो बाली बढी आशाढ्मा लगाएतापनी श्रावण अन्तिम सम्म लगाउने गरिन्छ। देशमा योगदानकुल ग्राहस्त उत्पादन कृषि क्षेत्रको २६प्रतिसत रधानबालीको २०प्रतिसत योगदान रहेको पाइन्छ। नेपालमा झण्डै २५लाख हेक्टर मध्ये पाँच देखि दश प्रतिशत जमिन बाँझो रहेको छ।अघिल्लो बर्ष देशमा राम्रो मौशमको कारण ५५लाख मेट्रीकट्रन धान उत्पादन भएको थियो।यो बर्षपनि राम्रो हुने आकलन गरिएको छ ।दशकौं अगाडी सम्म नेपाल धान बालिमा आत्मनिर्भर रहेको थियो तर पछिल्लो दशकौ बर्शमा भने स्वदेशी उत्पादनले धान्न्नै छोडेको छ ।यो बर्शपनी लगभग ८०अर्व माथिको कृषि बस्तु आयात हुँदा धान चामल मात्रै ४५अर्वमाथिको आयत छ।समग्र ब्यपार घाटा १५खर्व माथी जाँदा कृषि क्षेत्रको आयत अर्व नजिक छ।यो आजको गम्बिर विषय हो । देशमा तराइका समतल फाँटहरुमा कहिँ जग्गा पलटिङ त कतै बाँझो जमिन देख्न सकिन्छ ।पहाडका धेरै खेतहरु बाझो देख्न सकिन्छ ।धेरै ठाउँ आकासेपानीको भरपर्नुपर्ने र कुनै समय बर्साद समयमा नहुँदार सिंचाइको ब्यबस्था नहुनु ।उचित रुपमा उन्नत बिउमलको अभाब आघुनिककृषी औजार नहुनु परम्परागत खेती दक्षजनसक्तीको अभाव र उत्पाददित बस्तुले राम्रो बजार नपाउनु आधियसका समस्या छ्न ।यी समस्याको समाधानमा सरकार लगायत सबैलागिपरौ।

    सरकारी तवर बाट नयाँ नयाँ धानका जातहरु बिउहरु ल्याउनु पर्यो कुन माटोमा कुन बीउ राम्रो हुन्छ त्यो अनुसार सिफारिस गर्नुपर्छ।साथै उन्नत बीउ बेलैमा मल र आधुनिक कृषि औजारको प्रयोग देशको सबै ठाउँमा सिंचाइको ब्यबस्था ।किटनासक औशधिको उपलब्धता साथै उत्पादित बस्तुको बजारग्यारेन्टी साथै स्वदेशी बस्तुको प्रयोग बिदेशी धान आयातमा चामल आयातमा प्रतिबन्द हुनुपर्छ ।सबैले आफ्नो खेतहरुमा बाँझो नराखी धान रोपौ उब्जानी बढाऔ आफ्नै खेतको ताजा चामल खाऔ।बिदेशी पोलिस गरेको आकर्षक चामल भन्दा स्वदेशी ताजा चामल प्रयोग गरौं ।युवासक्ती लाई सम्पुर्ण कृषि क्षेत्रमा प्रोत्साहन गरौं उत्पादित बस्तुलाइ सरकारी तवरबाट बजार ग्यारेन्टी गरौँ ।राष्ट्रिय धान दिवस साथै दहि चिउरा खाने दिनको सबैमा शुभकामना ।

    Facebook Comments

    सम्बन्धित खवर

    दोलखा भीमसेनको गाथाः

    मतको मूल्य र राष्ट्रको भविष्य

    अचम्मको ज्ञान ! 🌸

    जग्गा वर्गीकरण र गथामुग: चह्रे

    छुटाउनुभयो कि? सबै