• TOKHA LIVE

    • ८ असार २०७९, बुधबार १६:३४

    गोकर्णेश्वर नगरपालिका वडा ३ सुन्ताखानस्थित हात्ती पाइले गणेश मन्दिरमा हात्तिको मुर्ति स्थापना

    टाेखालाइभ डट कम/असार ८

    काठमाडौँ, /गोकर्णेश्वर  नगरपालिका वडा नं ३ सुन्ताखान स्थित हात्ती पाइले गणेश मन्दिरमा हात्तिको मुर्ति स्थापना गरिएको छ। मंगलबार एक कार्यक्रमका बीच विधिवत पुजा गरि नगरपालिका प्रमुख दिपक रिसाल उप प्रमुख सान्नानी लामा लगायतले हातिको मुर्ति अनावरण गरेका हुन। सुन्ताखान युवा क्लबका अध्यक्ष हरिबोल बिष्टको पहलमा गोकर्णेश्वर नगरपालिकाका निवर्तमान नगर प्रमुख सन्तोष चालिसेद्वारा नगरको आठौं नगर सभा बाट विनियोजित करिब  ५ लाख रुपैयाको को लागत तथा मन्दिर संरक्षण समितिको जनश्रमदान बाट उक्त हात्तिको मुर्ति निर्माण गरिएको हो।हात्तीपाईले संरक्षण उपभोक्ता समितिका सचिव दिक्पाल भण्डारीको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा सुन्ताखान युवा क्लबका अध्यक्ष हरिबोल भण्डारीले स्वागत मन्तब्य राखेका थिए ।

    उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका निवर्तमान नगर प्रमुख सन्तोष चालिसे निवर्तमान नगर उप प्रमुख शान्ती नेपाल, गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष मुरारी प्रसाद कुइकेल वडा नं ९ का वडा अध्यक्ष राजिव थापा, निवर्तमान वडा सदस्य लक्ष्मण लामा गोले , समाज सेवी किरण बहादुर बिष्ट, हर्क तामाङ लगायत स्थानीयको उपस्थिति रहेको कार्यक्रम संचालन बिमान लामाले गरेका थिए । कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख दिपक रिसालले गोकर्णेश्वर नगरपालिका वडा ३ पर्यटकीय दृष्टिकोणको सम्भावना बोकेको क्षेत्र भएको हुँदा पर्यटकीय आकर्षण र स्थानीय ठाउको पहिचानका लागि हात्तीको मुर्ति निर्माण जस्ता कार्यहरु महत्वपूर्ण हुने बताएका थिए । कार्यक्रमलाइ सम्बोधन गर्दै निवर्तमान नगर प्रमुख सन्तोष चालिसेले नगरपालिकाले सांस्कृतिक र धार्मिक क्षेत्रको बिकासमा धेरै काम जानकारी दिदै स्थानीयको सक्रियता उदाहरणीय रहेको हुँदा वडा नं ३ मा धेरै बिकास भएको बताएका थिए । फोटो;कपन अनलाइन

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै