• TOKHA LIVE

      TOKHA LIVE

    • ३० जेष्ठ २०७९, सोमबार ०८:३०

    १५ दिने आधारभूत पत्रकारिता क्षमता अभिवृद्धि तालिम सम्पन्न

    टाेखालाइभ डठ कम/जेठ ३०, २०७९

    काठमाडौं । नेवा: पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला शाखाको आयोजना तथा काठमाडौं महानगरपालिकाको विशेष सहयोगमा संचालन भएको १५ दिने आधारभूत पत्रकारिता क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

    जेठ १५ गतेदेखि जेठ २९ गतेसम्म संचालन भएको उक्त १५ दिने तालिममा ५७ जना प्रशिक्षार्थीको सहभागी रहेको थियो ।

    १५ दिनसम्म चलेको तालिममा अनलाइन पत्रकारिता, फोटो पत्रकारिता, बाल मनोविज्ञान, आचारसंहिता, समाचार र फिचर लेखनको विषयमा तालिम केन्द्रित रहेको थियो।

    १५ दिने आधारभूत पत्रकारिता क्षमता अभिवृद्धि तालिममा सुरेश किरण मानन्धर, प्रमिला मानन्धर, केपी ढुंगाना, शोभा महर्जन बज्राचार्य, मनोजरत्न शाही लगायतले प्रशिक्षण दिनुभएको थियो ।

    प्रशिक्षार्थी पत्रकारहरुलाई तालिममा भाषागत शुद्धताको विषयमा वेदबहादुर राना मगरले प्रशिक्षण दिनुभयो।

    समापन कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुलप्रसाद घर्तीले पत्रकारितामा इमान्दारिताको खाँचो रहेको औल्याउनुभयो।

    प्रशिक्षार्थीको तर्फबाट धारणा राख्दै सुनिता तुलाधर शिल्पकारले प्रशिक्षणमा धेरै कुरा सिक्न पाएको बताउनुभयो। ‘हामी खाली गाग्री भएर आएका थियौं, खाली गाग्रीमा ज्ञानका कुरा भर्न पाएका छौँ।’

    समापन कार्यक्रममा बोल्नुहुँदै आयोजक नेवाः पत्रकार राष्ट्रिय दःबू काठमाडौंका अध्यक्ष अर्विन्द्रमान सिंहले यस तालिमले नवोदित पत्रकारहरुका लागि पत्रकारिता क्षेत्रमा लाग्न एउटा जग बसालेको बताउनुभयो । उहाँले घर बनाउन जसरी जग चाहिन्छ,त्यस्तै यस तालिमले प्रशिक्षार्थीहरुलाई पत्रकारिता क्षेत्रमा आफ्नो जग बसालेको बताउदै तालिममा सहभागी प्रशिक्षार्थी र प्रशिक्षकलाई धन्यवाद दिनुभयो।

    साथै सामाजिक विकास विभागका प्रमुख पदम केशर अधिकारीबाट मायाको चिनो साथै आयोजकका तर्फबाट अध्यक्ष सिहंले तालिम प्रदान गर्नुहुने सबै प्रशिक्षकलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो भने तालिममा सहभागी सबै प्रशिक्षार्थीका तर्फबाट तालिमका प्रशिक्षक साथै आयोजकलाई मायाको चिनो प्रदान गरिएको थियो ।फाेटाे सौजन्य:पहरा नेपाल डट कम

     

     

    Facebook Comments

    सम्बन्धित खवर

    दश वर्षमा ८१५ सम्पदा निर्माण

    छुटाउनुभयो कि? सबै