• TOKHA LIVE

      TOKHA LIVE

    • २७ जेष्ठ २०७९, शुक्रबार १०:४४

    १८ बुँदे सहमतिमा सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापन

    नविना श्रेष्ठ/टाेखालाइभ डट कम
    जेठ २७,२०७९

    काठमाडौं /बिहीबार मध्यराती १८ बुँदे सहमतिमा सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापन गरिएको छ। काठमाडौं उपत्यकामा देखिएको फोहोर व्यवस्थापनको समस्याबिहीबार मध्यराती १८ बुँदे सहमति भएपछि फोहोरको समस्या समाधान भएका छन्।

    सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापन गर्न १८ बुँदे सहमति भएको हो ।
    सहमतिअनुसार शुक्रबारदेखि फोहोर बिसर्जनमा स्थानीयबाट हुँदै आएको अवरोध हट्ने भनिएका छन्। भने फोहोर बिर्सन अब रातिको समयमा मात्र हुने छ।

    जेठ २३ गते फोहोर उठाउन दिने भनेर त्रिपक्षीय सहमति भएपनि प्रभावित क्षेत्रका बासिन्दाले अवरोध कायम गर्दै आएको थियो।

    तर, प्रभावित क्षेत्रका तर्फबाट बिहीबार मध्यराति भएको सहमतिपत्रमा ककनी गाउँपालिका वडा नम्बर १ र २ का अध्यक्ष तथा धुनिवेशी नगरपालिका वडा नम्बर १ र २ का अध्यक्षले हस्ताक्षर गरेको छ।

    यस्तै महानगरपालिकाको तर्फबाट मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले हस्ताक्षर गरेका छन् । भने काठमाडौँ उपत्यकाको फोहोर अबदेखि रातिमात्र लैजाने गरी काठमाडौं महानगरपालिका र स्थानीयबीच बिहिबार राति १८ बुँदे सहमति भएको हो।

    Facebook Comments

    सम्बन्धित खवर

    दश वर्षमा ८१५ सम्पदा निर्माण

    छुटाउनुभयो कि? सबै