• TOKHA LIVE

    • २० जेष्ठ २०७९, शुक्रबार २१:०१

    काठमाडौं महानगरपालिकाका मेयर र उपमेयर सिसडोल पुगे संगै काठमाडौँको फोहोर व्यवस्थापन हुने

    नविना श्रेष्ठ/ टाेखालाइभ डट कम
    जेठ २०,२०७९

    काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह ‘बालेन’ले नयाँ आईडिया निकाले पछि काठमाडौँको फोहोर व्यवस्थापन हुने । शुक्रबार विहान नुवाकोटको सिसडोलमा पुगेर उनले आफ्नो नयाँ आईडिया सेयर गरेपछि फोहोर व्यवस्थापन हुने भएको छ।

    लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेपछि मेयर शाह र उपमेयर सुनिता डंगोल सिसडोल पुगेका छन्। मेयर शाहले त्यहाँका जनतासँग फोहोर व्यवस्थापनलाई आफ्नो प्राथमिकतामा राखेर अगाडि बढाइरहेको बताए ।

    शाहले बिहीबार साँझ मात्र सहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग परामर्श गरेपछि सिसडोल पुगेकाे हो। मन्त्री झाँक्री तथा मेयर शाह र उपमेयर डंगोलले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच सहकार्य गरेर समस्याको समाधान गर्ने विषयमा छलफल गरेका छन्।

    फोहोर व्यवस्थापनबारे स्थानीयसँग छलफल गर्न सिसडोल पुगेका शाहले फोहोर गनाउने समस्याका लागि नयाँ आईडिया निकालेको र उनले सुरुमा गन्ध हटाउनका लागि केमिकल ल्याउने योजना सुनाएपछि त्यहाँका जनता खुशी भएका छन्।

    उनले फोहोरबाट इन्धन निकाल्नका लागि करिब ३–४ महिना लाग्ने बताए। उनले कुहिने फोहोरबाट मल बनाउने गरी योजना बनाएको पनि सुनाए । कुहिने र नकुहिने फोहोर छुट्याउनका लागि काठमाडौंका स्थानीयमा जनचेतना फैलाउने काम तत्कालै सुरु गरिने बताए।

    बालेनको आइडिया सुनेपछि बर्षौदेखि तनाव झेलिरहेका स्थानीयहरु खुसी भएका थिए। मेयर साहले स्थानीयलाई तीन महिनाभित्र सडक बनाइसक्ने प्रतिबद्धता जनाए। जसका लागि लिखित सम्झौता गर्न पनि आफू तयार रहेको उनले बताए।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै