• TOKHA LIVE

    • १६ जेष्ठ २०७९, सोमबार १९:०१

    बालेन्द्र साहको पदभार ग्रहण पछि पहिलो निर्णय नगर कार्यपालिकाको बैठक लाइभ गर्ने

    नविना श्रेष्ठ/टाेखालाइभ डट कम
    जेठ १६,२०७९

    काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र (बालेन) साहले पदभार ग्रहण पछि उनले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने पहिलो निर्णयमा हस्ताक्षर गर्दै पदभार ग्रहण गरेका छन्। पदभार ग्रहणपछि उनले आफूले महानगपालिकाको फोहोर व्यवस्थापनको कामलाई पहिलो प्राथमिकतामा राखेको बताए।

    निर्वाचनपछि कार्यपालिकाको प्रथम बैठक सोमबार दिउँसो ४ बजेका लागि बोलाइएका छन्। २-४ दिनअघि नै हामीले खादा, माला, अन्तर्वार्ता र सेलिब्रेसनहरू फोहोरको व्यवस्थापन नभएसम्म नगर्ने भने छौं। हामीले गरेको पापको भारी सिसडोलबासीले भोग्दै हुनुहुन्छ। उहाँहरू क्यान्सर पीडित हुन भएको छ; छालाको रोगलागेको छ। मानिस मरिरहनुभएको छ। यो शोक मनाउने बेला हो,’ साहले भने, ‘फोहोरको व्यवस्थापन नहुन्जेलर सिसडोलबासीले स्वच्छ वातारण र हावामा बस्ने र पानी पिउने वातावरण नहुन्जेल अरु काम हुँदैन।’ साहले बताए।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै