• TOKHA LIVE

    • १६ जेष्ठ २०७९, सोमबार १३:०९

    काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले दुवै भाषामा लिए शपथ

    नविना श्रेष्ठ/टाेखालाइभ डट कम
    जेठ १६,२०७९

    काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल दुबैले नेपाली र नेपाल भाषामा शपथ ग्रहण गरेका छन्।
    सोमबार आयोजित सपथ ग्रहण कार्यक्रममा शाहले दुवै भाषामा सपथ ग्रहण गरेका छन्।

    काठमाडौं जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले सथप ग्रहण गराएका हुन्। सुरूमा नेपालीमै सपथ लिएका शाहले पछि फेरि नेपाल भाषामा सपथ लिएकाे हो।

    उपप्रमुख पदमा निर्वाचित सुनिता डंगोललाई पनि सपथ ग्रहण गराएको थियो।काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले आज सपथग्रहण समारोहमा माला लगाउन अस्वीकार गरेको छ। राष्ट्रिय सभागृहमा आयोजित सपथग्रहण समारोहका क्रममा उनले माला लगाउन नचाहेको हो।सोमबार बिहान राष्ट्रियसभा गृहमा काठमाडौंका मेयर, उपेयमरदेखि सबै वडा अध्यक्ष र सदस्यहरुले शपथ ग्रहण लिएका छन् ।
    काठमाडौं महानगरपालिकामा आजै कार्यभार सम्हाल्ने तयारी गरिरहेका छन्।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै