• TOKHA LIVE

    • १६ जेष्ठ २०७९, सोमबार १०:५९

    सम्पर्कविहीन भएको तारा एयरको विमानमा धनुषाका एकै परिवारका सात सदस्य

    टाेखालाइभ डट कम
    जेठ १६,२०७९

     

    आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको विमानमा धनुषाका एकै परिवारको सात जना सदस्य रहेको पुष्टि भएको छ। पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन छन्। एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सात जना रहेको थियो।

    विमानमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छन्। गोले परिवार मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै गरेको थियो।विमान बेपत्ता भएको खबरले परिवारमा रुवावासी चलेको हो। भने गाउँमा नै चिन्तित भएकाे थियाे।

    सम्पर्कविहीन भएको जहाजमा १३ नेपाली, चार भारतीय, दुई जर्मन नागरिक र चालक दलका तीन सदस्यसहित २२ सवार रहेको जानकारी दिनुभएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै