• TOKHA LIVE

    • १२ जेष्ठ २०७९, बिहीबार १३:३५

    महिला उपमेयरको जीतले जोगाएको नेकपा एमालेको बर्चस्व 

    नविना श्रेष्ठ/टाेखालाइभ डट कम
    जेठ १२,२०७९

    गठबन्धनलाई हराउँदै चार महानगरको उपप्रमुखमा एमालेका चार महिलाको काठमाडौंमा सानदारका जित भएको छ। सत्तारुढ पाँच दलीय गठबन्धनबीच पनि ६ मध्ये चार महानगरपालिकाको उपप्रमुखमा नेकपा (एमाले)ले सानदार विजय हासिल गरेको छ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको साझा उम्मेदवारलाई हराउँदै एमालेका उम्मेदवारहरु निर्वाचित भएका छन्।

    हालसम्म काठमाडौ
    महानगरपालिकाबाहेक पाँच वटै महानगरको परिणाम आइसकेको छ।काठमाडौंमा पनि मेयर बालेन साह र उपमेयर एमालेकी सुनिता डंगोल गणना बाँकी छँदै बिजयी भइसकेको अवस्था छ। भने विराटनगरको उपमेयरमा एमालेकी शिल्पा निराला कार्की बिजयी भएका छन्। उनले गठबन्धनबाट जसपाका अमरेन्द्र यादवलाई ११ हजार ४ सय ६१ मतान्तरले पराजित गरे ,शिल्पाले २५ हजार ६ सय ८० मतका साथ बिजयी हुँदा गठबन्धनका यादवले १४ हजार २ सय १९ मत प्राप्त गरेको छ।

    ललितपुर महानगरको उपप्रमुखमा पनि एमालेकी मञ्जली शाक्य बज्राचार्य उपमेयरमा निर्वाचित भएका छन् ।शाक्यले गठबन्धनबाट नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यलाई ६ हजार ३ सय ३२ मतको अन्तरले हराएका हुन् ।अन्तिम परिणाम अनुसार एमाले उम्मेदवार मञ्जलीले २५ हजार ८४ मत पाएका छन् भने गठबन्धनबाट बाबुराजले १८ हजार ७ सय ५२ मत पाएका छन्।

    पोखरा महानगरपालिका उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ भारी मतान्तरमा उपमेयरमा बिजयी भएका छन्। भने उनले गठबन्धनको साझा उम्मेदवार नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई ३ हजार ८ सय ८३ मत अन्त्रमा पराजित गरेका हुन् ।एमाले उम्मेदवार गुरुङ ६० हजार ५ सय ४६ मतका साथ बिजयी बन्दा गठबन्धनकी रानाभाटले ५६ हजार ६ सय ६३ मत पाए। काठमाडौं महानगरमा एमाले उम्मेदवार सुनिता डंगोल सवैभन्दा फराकिलो अन्तरमा बिजयी बन्ने इतिहास रचेकी छन्। उनी अहिले ४० हजार बढी मतान्तरले अग्रस्थानमा छिन् ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै