टाेखालाइभ डट कम/ जेष्ठ ११, २०७९
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) विजयी भएका छन् । उनले लौरो चिह्न लिएर अहिलेसम्म अत्यधिक ५५ हजार ७४७ मत प्राप्त गरिसकेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३५ हजार ३७१ मत प्राप्त गरेकी छन् । त्यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका केशव स्थापितले ३४ हजार ६२६ मत पाएका छन् ।
काठमाडौं महानगर पालिकामा हालसम्म एक लाख ७१ हजार ८०२ मत गणना भएको छ । अब १९ हजार ३२३ मत मात्र गणना हुन बाँकी छ । गणना हुन बाँकी मतभन्दा बढीको अन्तरले आफ्ना निकटतम प्रतिद्वन्द्वीसँग अग्रता कायम गरेका बालेन साहको विजय लगभग पक्का भैसकेको हो ।उनका निकटतम प्रतिद्वन्द्वीभन्दा २० हजारभन्दा बढी मतले अग्रता कायम गरेका बालेन्द्र शाह (बालेन) मतगणना सम्पन्न नहुँदै विजयी बनेका हुन् ।

