• TOKHA LIVE

    • ३१ बैशाख २०७९, शनिबार १७:१५

    काठमाडौं महानगरपालिकामा उपमेयरकी उम्मेदवार सुनिता डंगोलको अग्रता कायमै ।

    टाेखालाइभ/ वैशाख ३१,२०७९

    काठमाडौं । काठमाडौं महानगरपालिकामा उपमेयरकी उम्मेदवार सुनिता डंगोलको अग्रता कायमै रहेको छ।नेपालको एक मात्रै लिपि रन्जना लिपिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भाषाको प्रबर्द्धन गरिरहेकी सुनिता डंगोल ‘लिपी क्वीनको नामले समेत चिनिन्छ । काठमाडौं महानगरपालिकामा एमालेबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलले आफ्ना प्रतिस्पर्धी भन्दा फराकिलो मतान्तरले अग्रता लिएकी छिन् ।

    उपमेयरकी उम्मेदवार सुनिता डंगोलले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठभन्दा झण्डै तेब्बर मतले अग्रता लिएकी छिन् ।गठबन्धनका उम्मेदवार श्रेष्ठले जम्मा २५ मत प्राप्त गरेका छन् । अहिलेसम्म २०० को हाराहारीमा मतगणना भएको छ ।

    डंगोलले वडा नम्बर १बाट ३५ मत र ३२ वडाबाट मतगणना गर्दा डंगोलले ६५ मत प्राप्त गर्दा श्रेष्ठले ११ मत पाएका थिए ।
    सामाजिक अभियानमा समेत युवामाझ डंगोल निकै क्रेज रहेको छ । काठमाडौंमा मेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी डंगोलले अन्तिम समयमा एमाले प्रवेश गरेकी थिइन् । फाेटाे सौजन्य/ राजु नेपाली

    Facebook Comments

    छुटाउनुभयो कि? सबै