• TOKHA LIVE

    • ३१ बैशाख २०७९, शनिबार १२:३०

    गोकर्णेश्वर नगरपालिका वडा १ मा नेकपा एमालेको प्यानल नै विजयी

    टाेखालाइभ डट कम
    काठमाडौं ,बैशाख ३१,२०७९,

    काठमाडौं । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार गोकर्णेश्वर नगरपालिका वडा १ मा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार द्वारिका श्रेष्ठको प्यानल नै विजयी भएको हो ।
    अध्यक्ष श्रेष्ठसंगै वडा सदस्यहरुमा सदस्यहरुमा केशब प्रसाद सिंखडा ,श्री कृष्ण तामाङ, अन्जली तामाङ र सिता दर्जी बिजयी भएका छन्।

    यसअघि ०७४ सालको स्थानीय चुनावमा वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको थियो ।वडा नं १को मत गणना सकिँदा नगरप्रमुखम तथा उपप्रमुखमा एमालेकै उम्मेदवारले अग्रता कायम गरेका छन् ।अन्तिम मत परिणाम निर्वाचन आयोगले केही समयपछि प्रकाशन गर्नेछ ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै