• TOKHA LIVE

    • २९ बैशाख २०७९, बिहीबार २१:५८

    कहाँबाट मतदान गर्दैछन् काठमाडौं महानगरका प्रमुख उम्मेदवारले ?

    टाेखालाइभ /बैशाख २९,२०७९

    काठमाडौं । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिएका सिर्जना सिंहले वडा नम्बर १६ र केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्ने भएका छन्। सत्ता गठबन्धनको तर्फबाट कामपाको प्रमुखको लागि उम्मेदवारी दिएको सिंहले कामपाको वडा नम्बर १६ स्थित युवक माविबाट मतदान गर्ने बताइएको छ ।

    नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को तर्फबाट प्रमुख पदको उम्मेदवारी दिएका स्थापितले वडा नम्बर २८ स्थित पद्यकन्या क्याम्पस केन्द्रबाट मतदान गर्ने जनाइएको छ ।

     

    यस्तै विवेकशील साझाबाट कामपाको प्रमुखको उम्मेदवारी दिएकी समीक्षा बाँस्कोटाले कामपा वडा (३१ स्थित भ्याली भ्यू मतदान केन्द्र र स्वतन्त्रबाट प्रमुखकै उम्मेदवारी दिएका बालेन्द्र साह ९वालेन०ले वडा नम्बर ९ मा रहेको तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण केन्द्रबाट मतदान गरेका बताइएको छ ।

    शुक्रबार सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको लागि १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ । त्यसैगरी गठबन्धनकै तर्फबाट उपप्रमुखको उम्मेदवारी दिएका नेकपा ९एकीकृत समाजवादी०का रामेश्वर श्रेष्ठले वडा नम्बर १२ र एमालेको तर्फबाट उपप्रमुखको उम्मेदवारी दिएको सुनिता डङ्गोलले वडा २१ बाट मतदान गर्ने बताए । रासस

    Facebook Comments

    छुटाउनुभयो कि? सबै