टाेखालाइभ डट कम/ बैशाख ११,२०७९,
काठमाडौं /नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयर सुनिता डंगोललाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको । बैशाख १० गते बसेको सचिवालय बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।
०५४ पछि पाँच वर्ष काठमाडौं महानगरपालिकाको मेयर बनेर चर्चामा छाएका केशव स्थापित नेकपा एमालेका फरक भिजन भएका नेता हुन् ।
सन् २०११ मा मिस नेवाःको ताज पहिरिन सफल सुनिता डंगोलको परिचय त्यतिमा मात्रै सीमित छैन । उनी अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउने रन्जना लिपीलाई प्रबर्द्धन गर्दै सुनिताले क्याली जात्रामार्फत विश्वभरका नेपालीलाई भर्चुअल प्रविधिबाट सिकाउँदै लिपीको सम्बद्र्धन गर्दै आएकी छिन् ।सुनितालाई लिपी क्वीनको उपनामले समेत चिनिन्छिन् ।
त्यसै गरि नेकपा एमालेले बिराटनगर महानगरपालिका र दुई उपमहानगरपालिका बाहेक उम्मेदवार टुंगो लगाएको छ ।
उपमहानगरपालिका
धनगढी
मेयर – रणवहादुर चन्द
उपमेयर( चन्द्रकला राना थारु
नेपालगन्ज
मेयर– पशुपति दयाल मिश्र,
उपमेयर– शान्ति ढकाल
तुलसीपुर
मेयर– टिकाराम खडका,
उपमेयर– स्यानी चौधरी
घोराही
मेयर– नरुलाल चौधी
उपमेयर- हुमा डिसी
बुटवल
मेयर– बाबुराम भट्टराई
उपमेयर– साबित्रा अर्याल
हेटौंडा
मेयर–अनन्त पौडेल
उपमेयर–सुमित्रा काफ्ले
धरान
मेयर– मन्जु भण्डारी
उपमेयर–पदम लिम्बु
इटहरी
मेयर– यामकुमार सुब्बा
उपमेयर– संगीता चौधरी
कलैया
मेयर- बिनोद शाह

