टोखालाइभ डट कम/ माघ १८ ,२०७८
सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता का लागि टोखा भगवती क्लब खेलाडी प्रशिक्षणको तयारीमा युद्ध स्तरमा जुटेको छ। कोरोना भाइरस सङ्क्रमण महामारीका कारण फुटबल प्रशिक्षण गत चैत महीनादेखि रोकिएको थियो।

भगवती क्लबका प्रशिक्षक शैलेस कर्मचार्यले टोखा को भुतखेल चौरमा फुटबल टोलीका सबै पुरुष खेलाडीलाई केही दिन देखि बिहान दैनिक २ घण्टा प्रशिक्षण दिई रहनु भएको छ। फुटबल टोलीका सबै पुरुष खेलाडीलाई बोलाइएको क्लब का अध्यक्ष इन्द्र राज जोशीले बताए।

सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल फुटबल प्रतियोगिता यही फागुन ११ गते देखि एन्फा कम्पलेक्सको सात दोबाटोमा प्रारम्भ हुनेछ। खेलाडीलाई क्वारेन्टिनमा राखी उनीहरूको पीसीआर परिक्षण गरिएको छ। त्यसकै नतिजाअनुसार खेलाडीलाई प्रशिक्षणमा सहभागी गराइने कुरा क्लब का महासचिव दीपेन्द्र डंगोल ले बताए।
खेलाडीहरुलाई प्रशिक्षण गर्न पाउँदा निकै उत्साहित भएका छन् , प्रशिक्षक शैलेस कर्मचार्य ।लामो समयदेखि प्रशिक्षण बन्द हुँदा अब केही राहत मिलेको शैलेस ले बताए। यसपालि क्लब ‘ए’ डिभिजन मा उक्लिने आफू आशावादी बनेको उनले बताए।

एन्फा मैदानमा हुने तीन खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्नुपर्ने आफ्नो खेलाडी सामु चुनौती रहेको उनको बुझाइ छ। आफ्नो टोलीले अबका खेलमा आफ्नो प्रदर्शनमा सुधार ल्याउने प्रशिक्षक शैलेस ले बताए।

