टाेखालाइभ डट कम/पौष २०,२०७८
काठमाडौं /श्री टाेखा भगवती युवा क्लब र आयोजक त्रिवेणी युवा क्लब बेसीसहरमा जारी २९ औं त्रिवेणी कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा श्री टाेखा भगवतीले आयोजक त्रिवेणी युवा क्लबलाई ०-३ गोल अन्तरले पराजित गर्दै श्री भगवती उपाधि नजिक पुगेको हो।
खेलको २२ औं मिनेटमा अमितले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । आक्रमण फुटबल खेल पस्किरहेको टाेखा भगवतीले ५१ औं मिनेटमा अर्मान्डले गोल गर्दै टिमको अग्रता दोब्बर बनाएका थिए ।खेलको ८० औं मिनेटमा अर्मान्डले व्यक्तिगत दोस्रो गोल गर्दै श्री भावतीलाई ३-० को जित दिलाए ।
श्री भावतीलाई जित दिलाउन अर्मान्ड बिओडानले एक्लैले दुई गोल गरे ।
खेलमा अमित म्यान अफ दि म्याच चुनिए । उनले ५ हजार प्राप्त गरे ।
अब उपाधिका लागि श्री टाेखा भगवती क्लबलेले समाज कल्याण र बुद्ध युथ क्लबबीचको विजेतासँग खेल्नेछ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ ।
सेमिफाइनलमा पराजित टोलीले ५०/५० हजार पाउने छन् ।फाेटाे सौजन्य / खेलपाटी डट कम

