स्व बि यु चुनाव हुने पक्का भयो । एउटा माहोल थियो, विद्यार्थी नेता बन्ने, स्ववियु चुनाव जित्ने र साथीहरूको बीचमा एक खालको तहल्का दिने | म राम्रै थिए बोलीचालीमा, पढाइलेखाइमा, शरीरको संरचनामा पनि, सबैले भन्थे ह्याण्डसम केटा | सायद 2048 /2049 सालको कुरो हुनुपर्छ, केन्द्रिय क्याम्पस कीर्तिपुरमा चुनावी माहोल तातेको थियो | सजिएका थिए पोष्टर भित्ताभरि टाँसिएका थिए | म्युजिक हरु जताततै बजिरहेका थिए | नाराजुलुस पनि हुँदै थियो, प्रचारप्रसारको शैलीमा | कोही university compound वरिपरि बैठक बस्दै थिए | कोही कसलाई भोट दिने भनेर गफगाफ छलफलमै व्यस्त थिए | कोहि एक्लै घाम तापेर बसिरहेका थिए | हजारौ बिच कोही कतै किताब लिएर पनि छेउकुनामा बस्दै थिए | भने मूल माहोल चुनावमै तातेको थियो |
तोरण ध्वजापताका हरु पनि थिए, हाइकुहरु बजिरहेको थियो | माइकमा थरीथरी गीतहरू बजाइरहेका थिए | कोही त जमेर आफ्नै तालमा नाचिरहेका पनि रहेका थिए | सास्कृतिक कार्यक्रम सहित दिनहु कार्यक्रम चल्दै थियो । भोट माग्ने काम भइरहेको थियो | अब चुनाव एकदम नजिक – नजिक आउँदै थियो | जसरि पनि चुनाब जित्नु नै थियो | प्रचार प्रसार तिब्र अन्तिम अन्तिम रुपमा थियो | आजै, अ ने रा स्व बि यु को संयुक्त प्यानेलको झकास कार्यक्रम थियो । संयुक्त विद्यार्थी संगठनहरु मिलेर चुनाव लडेको हुनाले जितिन्छ भन्ने कुरामा निर्धक्क थियो | म अलि बढी नै निर्धक्क थिए, किनकि म अलि दर्शन बुझेको, अलि माथिल्लो स्तरको नेता, पारिवारिक रुपमै राजनीतिक संस्कारमा हुर्किएको परिवारको मान्छे म | मलाई त्यस्तै लाग्छ भित्र मनदेखि नै |
केन्द्रिय कलाकार सहितको , केन्द्रिय नेता सहितको, पार्टीको नेता सहितको कार्यक्रम। विद्यार्थीहरूमा अत्यन्तै उत्साह बढेको थियो नेताहरूको नजिक नजिक पुग्न कोइरालालई थिए फरक संगठनका हरु कस्तो कार्यक्रम गर्दैछन् भनेर उत्साहित थिए जोहोर भरिभराउ थियो compound युनिभर्सिटीको | कार्यक्रमको बीचमा उमेदवारको परिच्यात्मक राखियो |आ आफ्नो मन्तव्य सहित प्रभावकारी परिचय दिनु थियो । इस्टेज बेहुली सजियको भन्दा पनि उच्च स्तर ले सजाइएको थियो | साँच्चै रमझम थियो गरमागरम थियो |
सुमि रन्जितको पालो आयो । मंच अलि अग्लो थियो, अति राम्री काठमाडौं कि नेवार्नी , छोटो स्कट, पातलो टिसर्ट , दुबै हात उठाउनु भयो र अभिबादन गर्नु भयो। तन्किएको पातलो टिसट माथी जादा वहाँको सेतो पातलो कम्मर बिचको गोलो सुन्दर नाइटोमा सबैभन्दा आकर्षण र आकर्षक केन्द्रबिन्दु बन्यो, उतै उतै परेझैं भयो सबैका अँखा । हावा सिर्सिर चिलिलहेकै थियो , दिउँसोको ३:० बजे तिर हो, एकैछिनमा मौसम यसरी बलियो कि आधी हुरी आएजस्तो भयो | एकैछिनमा मौसम यसरी बलियो कि आधी हुरी आएजस्तो भयो | लाग्थ्यो कि मौसम सुमिलाई जिस्क्याउँदै आउँदैछ, उनि लजाऊँदै छिन | निकै जोडले हावा मंचको तल बाट माथी तिर गयो र छोटाे सेतो स्कर्ट मिल्ने सम्म उचालेइयो र रातो साघुरो र पातलो पेन्टि देखियो । वहा रातो रातो हुनुभो, मुस्कान मा लाली चढेर, लालुपाते को झुप्पा झुले जस्तो भयो | र सुमिले मंच छाद्नु भो ।तर हावाले पर सम्म खेदिरहर्यो। प्रिय विद्यार्थी प्राज्ञिक मतदाताहरुका अँखाले भ्याएसम्म दया गरि रहयो हावा सङै वहाँ लाई ।
त्यो दिनबाट चुनावको प्रचार प्रसार अवधिभर पुरै सम्म उहाँलाई देखिएको छैन का जानुभयो कुन्नि ? bye bye पनि भन्न भ्याउनु भएन ।आज कयौं बर्ष भो ओहा लाई देखेको छैन ।चुनाव भर ,नतिजा आउँदा सम्म वहाँ देखिनु भयन।खासै चासो पनि वहा लाई थिएन ,साथीहरूले कर गरेर उठनु भाको। मतगणना सुरु भयो, सबै आशावादी रहे | म पनि आशावादी नै रहे | सुमिको प्रतिस्पर्धी त झन् आशावादी रहिरह्यो | जतिजति चुनावी मतगणनाको माहोल संख्यात्मक रुपमा बढ्दै थियो उतिउति सुमिको मत चुलिंदै थियो | बाहिर सुमिको पक्षमा नारा लाई रहेको थियो | we want sumi. we want sumi.
यो university हो सबै जबकि उहाँले भोटै मान्नुभएको थिएन, उहाँले बोल्नै पाउनुभएको थिएन, उहाँले अभिबादन र विधायी गर्न भ्याउनु भएकै थिएन | कुनै बालबच्चाको चुनावी थलो पनि थिएन, प्राज्ञिक थलो थियो | युनिभर्सिटीको शैक्षिक वातावरण सुधार गर्नुपर्ने ठाउँमा थियो, स्ववियू पदाधिकारीहरुले डिन, रेक्टर, vc सँग प्रत्यक्ष सम्बन्ध राखेर, नीति निर्माणदेखि, शैक्षिक गतिविधि पुस्तकालय, भौतिक व्यवस्थापन, खेलकुद जस्ता महत्वपूर्ण क्षेत्रमा, योगदान दिनु थियो | यसैलाई हेरेर देशभरिका university कलेजहरूले सिङ्गो शैक्षिक वातावरण निर्माण गर्ने गर्दछन् आजसम्म पनि | तर पनि प्राज्ञिक मतदाता हरुले के, देखेर कहाँ के र किन मतदान गरे ? हालसम्म अनुत्तरित छु | सार्भाधिक मत प्राप्त गर्नुभएकोमा वहा लाई धेरै-धेरै बधाई तथा धन्यवाद । university जस्तो प्राज्ञिक थलोको मत, master degree र पीएचडी भन्दा, हावा बलवान्! झन्डै धनवान जतिकै बलवान्!!
घटनाक्रमहरु बिर्सिसकेको थिएँ मैले, अहिले 2077 साल उहीको युनिभर्सिटीमा म पून बौद्ध अध्ययन केन्द्र पिएचडी scholar को नाताले घट्नाहरु स्मरण हुन आयो | यी हरफहरु कोर्ने चेष्टा गरे | यो सत्य घटना हो, यो सत्य घटनालाई नामको जो पात्र हुनुहुन्छ परिवर्तन गरिएको छ | परिवर्तन गर्दागर्दै पनि यतिधेरै नाममा कोहीसँग नाम मिल्न गएमा, यसमा एउटा साहित्यको सुमि, सम्झी दिनुहुन हार्दिक अनुरोध गर्दछु | धन्यवाद !सबैको जय होस् !!
baburamg98@gmail.com
Babu Ram Ghimire , Buddhist Study, TU. , PhD Scholar

