• TOKHA LIVE

    • २७ मंसिर २०७८, सोमबार १४:०९

    जनपक्षीय पत्रकारिता र कार्टुन

    योगेश खपाङ्गी
    मंसीर २७, २०७८

    नेपाल प्रेस सेन्टरको चौथो महाधिवेशन हालै चितवनको भरतपुरमा भव्यता र सभ्यतापूर्वक सम्पन्न भएको छ । दुई दिनसम्म जारी यो सम्मेलनमा देशभरमा जनवादी पत्रकार, पर्यवेक्षक र अन्य अतिथीहरुसमेत करिब एक हजार जनाको उपस्थिति थियो । यो महाधिवेशन गत साल नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रलाई अदालतले छुट्टटाछुट्टटै पार्टी बन्न आदेश दिएपछि माओवादी सम्बद्घ पत्रकारहरुको यो पहिलो राष्ट्रिय भेला पनि हो । यस अर्थमा यो भेला ऐतिहासिक र राजनीतिक रुपमा महत्वपूर्ण कोशेढुंगा मान्न सकिन्छ भने यो अधिवेशनमा मुलुकभरका पत्रकारको अभूतपूर्व उपस्थितीले सेन्टरमा पुनः रक्तसञ्चार भएको प्रस्ट देख्न सकिन्छ ।

    नेपालीका अधिकांश कार्टूनिस्टहरुमा कम्युनिस्ट विचारधारा राख्ने जनवादी कार्टूनिस्टहरुकै बाहुल्य छ । यस लगायतका पेशागत पत्रकारिता गर्नेहरुलाई प्रेस सेन्टरले यसैपटकदेखि समेट्ने काम थालनी गरेकोमा प्रेस सेन्टर नेपाल धन्यवादको पात्र भएको छ ।

    प्रेस सेन्टर र जनपत्रकारिता

    प्रेस सेन्टरको इतिहास धेरै लामो छैन । तर परिवर्तनका लागि कमल चलाएकै भरमा पक्राउ परी हिरासतभित्र विभत्स हत्या गरिएका कृष्णसेनसहित बेपत्ता पारिएका दीपेन्द्र शर्मा (दण्डपाणी न्यौपाने), मिलन नेपाली, चित्रनारायण श्रेष्ठ राजेन्द्र ढकाललगायतका सम्पूर्ण सञ्चारकर्मीहरुको बलिदानीको गौरवपूर्ण इतिहास छ । त्यसैले प्रेस सेन्टर स्थापनाको छोटो समयमै यसले आफूलाई जनपक्षिय पत्रकारहरुको आशा र भरोसाको केन्द्र बनाउन सफल भएको छ ।

    गत मंसिर १८ र १९ गते सम्पन्न महाधिवेशनबाट सेन्टरले १८ बुँदे घोषणा पत्र जारी गर्दै महिला, दलित, जनजाति तथा सिमान्तकृत वर्गले सञ्चालन गरेका साना लगानीका मिडियालाई विशेष प्रोत्साहन गर्न तीनै तहका सरकारसमक्ष यो महाधिवेशन ध्यानाकर्षण गराएको छ । साथै, पत्रकारिता क्षेत्रमा महिला पत्रकारहरुको निरन्तरताको सुनिश्चितता गर्न सम्बन्धित पक्षसँग माग पनि गरेको छ । यसबाट प्रेस सेन्टर जनमुखी पत्रकारहरुको हकहितका निमित्त कत्तिको सम्वेदनशील छ भन्ने पनि प्रस्ट्याएको छ ।

    प्रेस सेन्टर र पेशागत पत्रकारिता

    स्थापना पछि चौथो महाधिवेशनमा आइपुग्दा प्रेस सेन्टरले पेशागत पत्रकारहरुलाई पनि गोलबद्घ पार्ने प्रयत्न गरेको छ । यसै साल यसले आफ्नो विधानलाई संशोधन गरि प्रदेश संरचना अनुसार एसोशिएट प्रदेश समितिको निर्माण गरेको छ । पत्रकारिताको विधागत जनपत्रकारहरुलाई समेट्ने यसको मूल ध्येय रहेको छ । एसोशिएट प्रदेश समितिको गत फागुन ४ गते अधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति पनि बनिसकेको छ । यो समितिमा विधागत पत्रकारिताहरु कार्टून, चलचित्र, स्वास्थ्य, खेलकुद, फोटो पत्रकारिता, स्वास्थ्य, अर्थ, वैदेशिक रोजगारी, शिक्षा लगायतका विषयमा कलम चलाउने जनपत्रकारहरु समेट्ने प्रयत्न गरिएको छ । यसबाट विधागत पत्रकारहरुमा नयाँ उत्साह, जोश र जाँगर अंकुरित भएको छ । समितिले चाँडै नै यसमा आबद्घ सदस्यहरुको जीवन बिमा गर्ने, क्षमता अभिवृद्घीका निमित्त तालिम दिने, प्रोत्साहनका निमित्त पुरस्कारसमेत दिने योजना बनाएको छ ।

    प्रेस सेन्टर, जनपत्रकारिता र कार्टून

    नेपाली पत्रकारितामा कार्टूनको निक्कै महत्वपूर्ण भूमिका रहँदै आएको छ । ‘हजार शब्द बराबर एउटा तस्बिर, हजार तस्बिर बराबर एक कार्टून’ भन्ने गरिएको छ । यसले पत्रकारिताका निमित्त कार्टूनको भूमिका कत्ति पेचिलो छ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

    कार्टून पत्रकारितको हकमा सुरुवाती कालदेखि नै नेपालका कार्टूनिस्टहरुले राज्य र विभिन्न व्यक्ति र गुटबाट धम्की र लफडा व्यहोर्दै आमजनताको पक्षमा चेतना जगाउने काम गर्दै आएका छन् । नेपालीका अधिकांश कार्टूनिस्टहरुमा कम्युनिस्ट विचारधारा राख्ने जनवादी कार्टूनिस्टहरुकै बाहुल्य छ । यस लगायतका पेशागत पत्रकारिता गर्नेहरुलाई प्रेस सेन्टरले यसैपटकदेखि समेट्ने काम थालनी गरेकोमा प्रेस सेन्टर नेपाल धन्यवादको पात्र भएको छ ।

    योगेश खपाङ्गी नेपालका वरिष्ठ कार्टूनिस्ट हुन् । सं.

     

    Facebook Comments

    सम्बन्धित खवर

    दोलखा भीमसेनको गाथाः

    मतको मूल्य र राष्ट्रको भविष्य

    अचम्मको ज्ञान ! 🌸

    जग्गा वर्गीकरण र गथामुग: चह्रे

    छुटाउनुभयो कि? सबै