• TOKHA LIVE

    • ९ मंसिर २०७८, बिहीबार २०:५३

    नेकपा एमालेको आसन्न १० औं राष्ट्रिय महाधिवेशनको भब्य तयारी पूरा ( फाेटाे फिचर )

    नविना श्रेष्ठ
    टाेखालाइभ डट कम/मंसिर ९,२०७८

    चितवन/ नेकपा (एमाले)को आसन्न १० औँ राष्ट्रिय महाधिवेशनको सम्पुर्ण तयारी पूरा भएको छ । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको भब्य तयारी पूरा भएको छ।

    चितवन जिल्लाका विभिन्न स्थानमा स्वागतद्वार निर्माण, उद्घाटन सत्रको मञ्च निर्माण तथा बन्दसत्र हुने सौराहामा आवास व्यवस्थापनको सबै काम पूरा भएको  छ। मंसिर १० उद्घाटन हुने महाधिवेशन स्थलमा मञ्च निर्माण, सेल्फी प्वाइन्ट निर्माण, गैँडाको मस्कट निर्माण सहितका सबै काम पूरा भएको छ भने यहाँ जिल्ला प्रवेश गर्ने विभिन्न नाका र जिल्लाका मुख्य राजमार्गमा आकर्षक विभिन्न ठाँउ ठाँउमा गरि ४५ भन्दा बढी स्वागतद्वार निर्माण गरिएको छ।महाधिवेशनका लागि विभिन्न जिल्लाबाट प्रतिनिधिहरु, कार्यकर्ताहरु, शुभ चिन्तक यहाँ चितवन आउने क्रम बिहीबार बेलुकी सम्म जारी रहेको छ।

    राजमार्गको दुवै छेउमा नेकपा एमाले र अनेरास्ववियुको झण्डा तथा ध्वजा पताका राखिएको छ । एमाले महाधिवेशनका लागि चितवनका राजमार्ग तथा महाधिवेशन स्थल र बन्दसत्र हुने सौराहा  स्थानलाई सिँगारिएको छ ।

    महाधिवेशनको उद्घाटन सत्रमा चितवनबाट मात्रै एक लाख र देशभरीबाट पाँच लाख जनसहभागिता जुनाउने गरी समन्वय भइरहेको स्रोतले बताएको छ।

     

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै